बलिउड सेलिब्रेटीका रोचकै रोचक

बलिउड सेलिब्रेटीका रोचकै रोचक

- सलमान खान आफ्ना हात मुख पुछ्न कुनै टिस्यु वा रुमालको प्रयोग गर्दैनन्। उनले एक विशेष खालको मलमलको कपडाले नाक र हातमुख पुस्ने गरेका छन्।

-धेरै भारतीय नागरिकले जस्तै नायक शाहरुख खानले पनि आफ्नो पहिलो तलबले आगरास्थित ताजमहल घुमघाममा खर्च गरेका थिए।

- प्रत्येक वर्ष सेप्टेम्बर ९ तारिख नायिका शिल्पा सेठ्ठीका लागि निकै धपेडीको दिन हुने गरेको छ। किनभने यस दिन उनका पति राज कुन्द्रा र पूर्व प्रेमी अक्षय कुमार दुवैको जन्म दिन पर्छ।

- कुनै पनि सार्वजनिक कार्यक्रममा सहभागिता जनाउँदा अभिनेत्री रेखाले सिम्रिक र चकलेट रंगका लिपिस्टिक मात्रै लगाउने गरेकी छिन्।

- नायक रणबीर कपुरले धेरै नै आयातित कारहरु चलाएको देखिन्छ। तर उनी आफ्ना आमाको यति आज्ञाकारी छोरा हुन् कि उनका लागि आर्थिकसम्बन्धी सबै निर्णय आमाले गर्ने गरेकी छिन्।

- नायिका करिना कपुरको लक्ष्य वकिल बन्ने थियो। त्यसैले उनले ल क्याम्पसमा भर्ना पनि भएकी थिइन्। तर उनले आफ्नो डिग्री भने पुरा गर्न सकिनन्।

- आफ्नो भकभके बोलीका कारण नायक ऋपतक रोशनलाई विद्यालयमा साथीहरुले धेरै नै जिस्क्याउथे। यही कारणले उनले आफ्नो बोल्ने क्षमता बढाउन कक्षा नै लिएका थिए। उनले अभिनय गरेको पहिलो फिल्म ‘कहो ना प्यार है’ ले सबैभन्दा बढी ९२ वटा अवार्ड पाएकोमा सन् २००२ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड्समा नाम दर्ता भएको छ।

- डिम्पल कपाडिया जम्मा १६ वर्षको उमेरमा ‘बबी’ फिल्ममा अभिनय गरेकी थिइन्। उनले राजेश खन्नासँग विवाह पनि सोही उमेरमा गरेकी हुन्।

- अमिताभ बच्चन अभिनय कलामा जति पोख्त छन्, त्यति नै राम्रो उनी आफ्ना दुवै हातले लेख्न सक्छन्।

- स्वर्गिय अभिनेता शशी कपुरले सन् १९८१ मा रिलिज भएको फिल्म ‘सिलसिला’मा अमिताभ बच्चनको दाइको भूमिका निभाएका छन्। उनीहरु दुईले अभिनय गरेका अन्य सबै फिल्ममा शशीले अमिताभको भाइको भूमिकामा अभिनय गरेका छन्।

- बलिउडमा बनेका फिल्ममध्ये ‘मेरा नाम जोकर’ र ‘एलओसी कार्गिल’ करिव दुई सय ५५ मिनेट लामो रहेको छ।

- सन् १९३६ मा अशोक कुमार नायक बन्नु अगाडि बम्बे टकिजमा ल्याब असिस्टेन्टको रुपमा कार्यरत थिए।

- नायक आमिर खान स्वतन्त्रताका सिपाही तथा दार्शनिक मौलाना अबुल कलाम आजादका भतिज हुन्।

- फिल्म ‘खलनायक’को गीत ‘चोलीके पिछे क्या है’ बोलको गीतका लागि बलिउडका महिला प्लेब्याक गायिका इला अरुण र अल्का याग्निकले बाँडेर अवार्ड लिएका छन्। बलिउडमा दुई गायिकाले अवार्ड बाँडेको यो पहिलो घटना हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.