राष्ट्रिय सम्मानका साथ कलाकार हरिप्रसाद रिमालको अन्त्येष्टि

राष्ट्रिय सम्मानका साथ कलाकार हरिप्रसाद रिमालको अन्त्येष्टि

काठमाडौं : बरिष्ठ नाट्यकर्मी तथा रेडियो नेपालका प्रथम गायक हरिप्रसाद रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको छ । पशुपति आर्यघाटमा शुक्रबार मध्यान्ह साढे १२ बजे रिमालको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरिएको हो।

 रिमाललाई नेपाल प्रहरीको टुकडीले सलामी अर्पण गरे भने संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारीले राष्ट्रिय झण्डा ओढाएका थिए । 

९३ वर्षीय रिमालको शुक्रबार बिहान १ बजे आफ्नै निवास नयाँ बानेश्वरमा बानेश्वरमा निधन भएको हो।

अन्त्यष्टि अगाडी स्वर्गीय रिमालको पार्थिव शरीरलाई उनकै घरमा श्रद्धाञ्जलिका लागि राखिएको थियो। अन्त्येष्टि कार्यक्रममा पुराना र नयाँ पुस्ताकाकलकारहरुको बाक्लो उपस्थिति थियो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.