सुन्दर साँखका पाँच तस्बिर
मुसीकोट : अग्लो पहाडको थुम्कोमा थपक्क बसेको सुन्दर बस्ती हो, साँख। रुकुम पश्चिमको सदरमुकाम मुसीकोटदेखि झन्डै सात किलोमिटर पूर्वमा पर्ने मुसीकोट नगरपालिकाको-७ अन्तर्गतको यो गाउँलाई नेपालको पूर्व-पश्चिम पहाड जोड्ने मध्यपहाडी लोकमार्गले पनि छोएर गएको छ।
प्राकृतिक रुपमा मनोरम यो सुन्दर बस्तीमा सुन्दरता थपिदिएको छ, पापिनी दहले।गाउँको बीचमा अवस्थित यस दहका कारण यो गाउँ झन् घुम्नलायक छ। हरेक वर्ष माघ १५ गतेका दिन पापीनी दह छेउमा मेला लाग्नेछ। मेला भर्न रुकुम पश्चिमका विभिन्न ठाउँबाट र छिमेकी जिल्लाबाट समेत सर्वसाधारण आउने गर्छन्।