सुदूरपश्चिममा गौरापर्व सुरु

सुदूरपश्चिममा गौरापर्व सुरु

बैतडी : सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा शुक्रबारदेखि सुरु भएको छ। पौराणिक कालमा भगवान  महेश्वर प्राप्तिका लागि गौरा देवी अर्थात् पार्वतीले कठोर ब्रत बसेको स‌ंझनामा गौरा पर्व मनाउन थालिएको किंवदन्ती छ।कठोर तपस्यपछि गौरी र महेश्वरको विवाहको सम्झानामा गौरा पर्व मनाउने थालिएको पण्डित दयाकृष्ण पन्तले बताए। 

गौरा पर्वको पहिलो दिन शुक्रबार घर-घरमा तामाका भाडामा पाँच प्रकारका अन्न जसलाई स्थानीय भाषामा 'विरुडा' भनिन्छ, भिजाएर पर्वको थालनी गरेका छन्। भाद्र शुक्ल वा कृष्ण पञ्चमीका दिनबाट सुरु भएको ज्योतिष कृष्णानन्द अवस्थीले जानकारी दिए। उनले भने, 'गौरा पर्वको सुरुवात पञ्चमीबाट सुरु भएको छ।दुर्वाष्टमी अर्थात् अठ्यावाली यो पर्वको मुख्य दिन हो।'

गौरा पर्वको पहिलो दिन शुक्रबार महिलाले तामा वा पित्तलका भाँडामा पाँच प्रकारका अन्न बिरुडा भिजाएका छन्। ब्रतालु महिलाले शिव पार्वतीको गाथामा आधारित फागहरु गाएर सामूहिक रुपमा बिरुडा भिजाउने चलन रही आएको सुर्नया ६ शंकरपुरकी हरिना अवस्थीले बताइन्।उनले भनिन्, 'गौरापर्व हाम्रो मौलिक चाड हो। यो पर्वमा खास गरेर विवाहित महिलाले ब्रत बसेर शिव र पार्वतीको उपासना गर्ने गर्दछन्। बिरुडा पञ्चमीकै दिनदेखि ब्रतालु महिलाले गौराको पूजाआजा गर्ने चलन छ।'

प्रदेश सातका पहाडी जिल्लामा गौरा मनाउने चलन रहेको भएपनि पछिल्लो समयमा यो पर्वको विस्तार हुँदै गएको छ।पञ्चमीका दिन भिजाएका बिरुडालाई षष्ठीका दिन नजिकका धारा वा तलाउमा लगेर धुने चलन छ।त्यस्तै सप्तमीका दिनमा गौरालाई भित्र्याउने चलन छ। गौराको मुख्य दिन दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन गौरा मनाउने स्थानमामा विरुडाले आफन्तको दीर्घायुको कामना गर्दै टाउको पूजन गर्ने चलन रहेको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.