त्रिशूलीले बगाउँदा बालिकाको मृत्यु
नुवाकोट : त्रिशूली नदीले बगाएर रसुवाकी एक बालिकको ज्यान गएको छ। त्रिशस्ली नदीले रसुवाबाट बगाएकी बालिकाको शव नुवाकोटमा फेला परेको हो। रसुवाको सदरमुकाम धुन्चेदेखि ३० किलोमिटर दक्षिणमा रहेको उत्तरगया गाउँपालिका- १ खाल्टे घर भएकी स्थानीय १५ वर्षीया बालिका मिनिमाया तामाङलाई त्रिशूली नदीले बगाउँदा ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ओमप्रकाश वाग्लेले जानकारी दिए।
मृतक बालिका स्थानीय रामचन्द्र आधारभुत विद्यालयको कक्षा ६ मा अध्ययनरत थिइन्।साथीसँग नदी किनारा गएकी तामाङ ढुंगामा चिप्लिएर नदीले बगाएको थियो।