ओली र मोदीले गरे पशुपति धर्मशालाको उद्घाटन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिमा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशालाको संयुक्त उद्घाटन गरेका छन्।
२० करोडको लागतमा १० हजार वर्ग किलोमिटर क्षेत्रफलमा निर्मित धर्मशाला भारतीय सहयोगमा बनेको हो। उद्घाटनपश्चात् प्रधानमन्त्रीद्वयले सम्बोधन गर्दै धर्मशाला नेपाल र भारतको सम्बन्धको आधार भएको बताए।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनमा भाग लिएर स्वदेश फकर्नुअघि भारतीय प्रधानमन्त्री मोदी पशुपति नाथ मन्दिरको दर्शनसमेत गरेका छन्।
धर्मशाला उद्घाटन समारोहमा सम्बोधन गर्दै मोदीले पशुपतिको आर्शिवादले नेपाल र भारतको समृद्धि अगाडि बढेको बताए। प्रधानमन्त्री ओलीले भने सरकारले अब वाग्मतीको पानीमा स्थान गरेर पशुपति दर्शन गर्न मिल्ने बनाउने सरकारको योजना रहेको बताए।