एसियाली खेलकुद : जुडोले पनि दिएन खुसी

एसियाली खेलकुद : जुडोले पनि दिएन खुसी

इन्डोनेसिया : एसियाली खेलकुद प्रतियोगिताको १८औं संस्करणमा नेपाली जुडो खेलाडीले पदक जित्ने सम्भावना पनि समाप्त भएको छ । प्रतियोगिताको १४औं दिन शुक्रबार आफ्ना तीन खेलाडी पहिलो खेलमै पराजित भएपछि जुडोमा नेपालको आशा सकिएको हो ।

महिलातर्फ ७८ केजीभन्दा मुनिको तौलसमूहमा नेपालकी पुनम श्रेष्ठ बाई पाएर सीधै क्वार्टरफाइनलमा पुगेकी थिइन् । तर, उनी क्वार्टरफाइनल भिडन्तमा दक्षिण कोरियाली प्रतिद्वन्द्वी पार्क युजिनसँग पराजित हुन पुगिन् । पुनमलाई हराउने कोरियाली खेलाडी युजिन प्रतियोगिताको फाइनलमा पुगेका कारण उनले कांस्य पदकका लागि पुनः खेल्न पाउने अवसर प्राप्त गरिन् ।

कांस्य पदकको सम्भावना जीवित राख्न उनले कजाकस्तानकी खेलाडी रइफोभा जरिनालाई हराउनुपर्ने थियो । तर, उनी उक्त भिडन्तमा जरिनासँग पराजित हुन पुगिन् । यसरी आफूले पाएको दुईवटै अवसरमा चुकेपछि पुनम पदकको होडबाट बाहिरिन पुगिन् ।

यसैगरी शुक्रबार नै भएको पुरुषतर्फको ९० केजीभन्दा मुनिको तौलसमूहमा पनि नेपाली खेलाडी श्रीराम मकाजू आफ्नो पहिलो खेलमै पराजय स्वीकार्न बाध्य भए । श्रीरामलाई प्रिक्वार्टरफाइनल भिडन्तमा ताजकिस्तानका खेलाडी उस्तोपिरियोन कोमरनसोखले हराए ।

अर्का नेपाली खेलाडी रविन श्रेष्ठ पनि आफ्नो पहिलो भिडन्तमै असफल साबित भए । पुरुष एक सय केजीभन्दा मुनिको तौलसमूहमा रविनलाई उज्बेकिस्तानका खेलाडी जुरेभ सेरलीले पराजित गरे । जारी एसियाडमा जुडो गत बुधबारदेखि सुरु भएको हो ।

जुडोको पहिलो दिन भएको खेलमा नेपालका दुवैजना खेलाडी पराजित भएका थिए । पुरुषतर्फको ६६ केजीभन्दा मुनिको तौलसमूहमा नेपालका इन्द्रबहादुर श्रेष्ठ उत्तर कोरियाका खेलाडीसँग र महिलातर्फको ५२ केजीभन्दा मुनिको तौलसमूहमा देविका खड्का जापानी खेलाडी सुनोदा नात्सुमीसँग हारेका थिए ।

यसैगरी दोस्रो दिन बिहीबार पनि तीन नेपाली खेलाडी पराजित भएका थिए । नेपालकी अुनभवी खेलाडी फुपुल्हामु खत्री महिला ६३ केजीभन्दा मुनिको तौलसमूहमा आयोजक राष्ट्र इन्डोनेसियाकी खेलाडी फ्रादिभ्था अर्देलियासँग पराजित भएकी थिइन् । उनी बाई पाएर प्रिक्वार्टरफाइनलमा पुगेकी थिइन् ।

फुपु दक्षिण एसियाली खेलकुद (साग)की पदकधारी खेलाडी हुन् । २१ वर्षीया फुपुले सन् २०१२ मा भारतमा आयोजना भएको १२औं सागमा स्वर्ण पदक जितेकी थिइन् । उनी नेपालका लागि सागमा स्वर्ण पदक जित्ने पहिलो महिला खेलाडी पनि हुन् ।

सोही दिन भएको पुरुष ७३ केजीभन्दा मुनिको तौलसमूहमा सञ्जित डंगोल साउदी अरेबियाका खेलाडी सुलेमान फाहदसँग र महिला ५७ केजीभन्दा मुनिको तौलसमूहमा मनिता प्रधान श्रेष्ठ भियतनामकी खेलाडी थी बिच नेगोकसँग हारेका थिए ।

यसैगरी शुक्रबार भएको पुरुष भलिबलमा नेपालले किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । १५औं र १६औं स्थानको वरीयता निर्धारणका लागि खेलाइएको उक्त खेलमा नेपाली टोली २५–०, २५–०, २५–० अंकले विजयी भयो । जारी एसियाडमा अब नेपालले ट्रायथलनको पुरुष स्पर्धामा शनिबार र मिक्स स्पर्धामा आइतबार प्रतिस्पर्धा गर्न बाँकी छ ।

नेपालले पदकको आशा गरेको कुनै पनि खेलले १८औं एसियाडमा सन्तोषजनक प्रदर्शन गर्न सकेन । एसियाली खेलकुदमा पहिलोपटक समावेश गरिएको प्याराग्लाइडिङले भने नेपाली टोलीलाई रित्तो हात घर फर्कनुपर्ने सम्भावनाबाट जोगाएको छ । नेपाली प्याराग्लाइडिङ टोलीले बुधबार सम्पन्न पुरुष टिम क्रसकन्ट्री स्पर्धामा रजत पदक जितेको थियो ।

नेपालले एसियाली खेलकुदमा जितको यो दोस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डमा सम्पन्न एसियाली खेलकुदमा तेक्वान्दोकी सबिता राजभण्डारीले पहिलोपटक नेपाललाई रजत पदक दिलाएकी थिइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.