नयाँ विद्यानको मस्याैदा साताभित्रै
काठमाडौं : कांग्रेसको विद्यान मस्यौदा समितिले अर्को साता भित्र प्रारम्भिक मस्यौदा तयार पार्ने भएको छ। विद्यान मस्यौदा समितिको शुक्रबार बसेको बैठकले प्रारम्भिक मस्यौदा बनाउन तीनवटा उपसमिति बनाएको छ। मस्यौदा समितिले संरचनासम्बन्धी उपसमिति, कार्यविभाजन सम्बन्धी उपसमिति र आन्तरिक व्यवस्थापन सम्बन्धी उपसमिति गठन गरेको हो। पार्टीलाई संघीय संरचनामा लैजान आवश्यक पर्ने विधानको मस्यौदा तयार पार्न कांग्रेसले पार्टी महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा विधान मस्यौदा समिति गठन गरेको थियो।
समितिको शुक्रबारको बैठकले आधिकारिक धारणा सार्वजनिक गर्न समितिको प्रवक्तामा रमेश लेखकलाई तोकेको छ।
‘हामीले शुक्रबार गठन गरेका उपसमितिहरूले एक साताभित्र अआफ्नो प्रारम्भिक मस्यौदा बनाइ सक्ने छन्’, प्रवक्ता लेखकले अन्नपूर्णसँग भने, ‘मागेका सुझावहरू मस्यौदामा थप गर्नेछौं।’
उपसमितिले प्रारम्भिक मस्यौदा बनाउँदा जिल्ला सभापतिहरूको हेटौडा भेलाका सुझावलाई आधार बनाएर काम गर्ने समेत बताए।
पार्टीको विधानमा गरिनु पर्ने संशोधन र परिमार्जनका विषय तथा सिद्धान्तको पहिचान पछि प्रारम्भिक मस्यौदा एक साता भित्र तयार गरी सक्ने गरी तीन उपसमिति बनाएको कांग्रेसले जनाएको छ।
यसअघि समितिले २१ भदौ भित्र सबै पक्षसँग सुझाव संकलन गर्ने निर्णय गरेको थियो। २१ भदौमा सुझाव संकलन भइसके पछि समितिले प्रारम्भिक मस्यौदा बनाउने नेता लेखकले बताए। प्रारम्भिक मस्यौदा बनेपछि समितिले सातवटै प्रदेशमा छलफल चलाउने योजना बनाएको छ।
‘सबै कामहरू समितिको संयोजक महामन्त्री खडकाकै नेतृत्वमा हुन्छ’, प्रवक्ता लेखकले भने, ‘आइतबार हामी छलफल गरी विद्यागत जिम्मेवारी समेत तय गर्ने छौं।’
महामन्त्री खडका नेतृत्वको ११ सदस्यीय मस्यौदा समितिमा दुईजना जिल्ला सभापति स्थायी सदस्यका रूपमा थप्ने निर्णय पार्टी बैठकले गरेपछि शुक्रबार थपिने जिल्ला सदस्यको नामावली आएको छैन।
मस्यौदा समितिले बनाउने विद्यानको मस्यौदालाई पार्र्टी महासमितिको दुई तिहाईबाट पारित भएपछि लागू हुनेछ।
मस्यौदा समितिले क्रियाशील सदस्यता, संघीय संरचनामा कुन तहलाई कति अधिकार दिने भन्नेबारे टुग्याउने छ। कांग्रेसले मंसिर ५ देखि ९ गते सम्म काठमाडांैमा महासमिति बैठक गर्दैछ।