अपराधी कुनैपनि हालतमा उम्किने छैनन् : खानेपानी मन्त्री

अपराधी कुनैपनि हालतमा उम्किने छैनन् : खानेपानी मन्त्री

महेन्द्रनगर : खानेपानी मन्त्री विना मगरसहित सांदहरुको टोलीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका परिवार र आन्दोलनका क्रममा प्रहरीको गोली लागेर ज्यान गएका शहिदका परिवारसित भेट गरेका छन् ।

शनिबार  बिहानै मन्त्री मगरसहित सांसदहरुको टोलीले निर्मला पन्तका परिवारलाई भेट गरेको हो । घटनाको छानबिन गर्न गठित समितिको छानबिन र पछिल्लो अवस्थाबारे जानकारी लिन पुगेकी मन्त्रीसहितको टोलीले निर्मलाको परिवार र शहिद खुनाको परिवारसित भेट गरेको हो । निर्मलाको घर पुगेकी मन्त्री मगरले हत्यारालाई कुनैपनि हालतमा पक्राउ गरी कडा भन्दा कडा सजाय हुने बताइन् । ‘सरकारले छानबिन समिति बनाएको छ, घटनाको छानबिन भइरहेको छ’उनले भनिन्,‘अपराधी जो सुकै भएपनि उम्किन पाउदैन ।’

मन्त्री मगरले आफूहरु साथमा रहेको भन्दै अपराधीलाई कुनैपनि हालतमा उम्कन नदिने बताइन् । भेटका क्रममा निर्मलाकी आमा दुर्गादेबी पन्तले अहिले सरकारले गठन गरेको समितिले दोषी पत्ता लगाउला भन्नेमा आफूहरु समेत विश्वस्त रहेको भन्दै दोषीलाई छिटो भन्दा छिटो पक्राउ गरी कारबाही हुनुपर्ने बताइन् । ‘लामो समय भयो अझै दोषी पत्ता नलाग्दा कहिले काही त डर लाग्छ’उनले भनिन्,‘ तै पनि आफ्नी छोरीलाई न्याय पाइएला भन्ने आशा राखेकी छु।’ 

खानेपानी मन्त्री विना मगरले कञ्चनपुर घटनामा प्रहरीको गोली लागेर ज्यान गुमाएका शहिद सन्नी खुनाको परिवारसीत समेत भेट गरेकी छिन् । उनले आफू कञ्चनपुर घटनाबाट अत्यन्तै दुखि रहेको बताइन् । ‘म कञ्चनपुरमा भएका घटनाले निकै दुखित छु’उनले भनिन्,‘ समाजमा घटिरहेका अपराध न्यूनिकरण गर्न अब सुरक्षा संयन्त्र चनाखो हुनु जरुरी रहेको छ।’

सांसद निरुदेवी पालले समेत निर्मलाको बलात्कारपछि हत्या गर्ने अपराधी जहाँ सुकै र जो भएपनि कानुनी कठघरामा सरकारले उभ्याउने बताइन् । उनले सुरक्षा निकायलाई पनि छिटो भन्दा छिटो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन गरिन् । टोलीमा प्रतिनिधिसभा सदस्य डा.दीपक प्रकाश भट्ट, प्रदेश सांसद प्रकाश रावल र विरबहादुर सुनार सहभागी थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.