सरकार म्याराथन धावक हो : भट्‍टरार्इ

सरकार म्याराथन धावक हो : भट्‍टरार्इ

ताप्लेजुङ : प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिस्ट पार्टीका नेता योगेश भट्टराईले सरकारलाई म्याराथन धावकको संज्ञा दिएका छन्। 

सरकारका ६ महिने कार्यकालप्रति टिप्पणी गर्दै उनले यस्तो बताएका हुन्। ‘यो सरकार सय मिटर दौडको धावक होइन,’ शनिबार प्रेस संगठन नेपालले ताप्लेजुङमा गरेको पत्रकार सम्मेलनमा भट्टराईले भने, ‘सय मिटरको धावकले सुरुदेखिनै बल लगाउँछ, हामी म्याराथन धावक हौं, एकनासले दौडन्छौं।’
 

चार महिना, नौ महिनामा परिवर्तन हुने सरकारको जस्तो कार्यशैली स्थायी सरकारको नहुने उनको भनाइ छ। ‘अहिले सरकारप्रति धेरै प्रश्नहरु उठेका छन्,’ भट्टराईले भने,‘पहिलो छ महिनामा सरकारले पाँच वर्षको लागि आधार तयार गरेको छ, अब देखिने खालका नतिजा आउन थाल्छन्।’ 

सरकारले छोटो समयमा २ सय ५० वर्षअघिदेखि बिग्रिएको परराष्ट्र सम्बन्ध सुदृढ भएको र छिमेकी मुलुक नेपालमा लगानी गर्न उत्साहित बनेको भट्टराईले दाबी गरे।

फरक प्रसङ््गमा उनले भ्रष्ट व्यक्ति नेकपाको सदस्य हुन नसक्ने बताएका छन्। ‘भ्रष्टचार गर्ने मान्छे हाम्रो पार्टीको सदस्य हुन सक्दैन,’ उनले भने, ‘पार्टीका केही नेता भ्रष्टाचार मुद्यामा दोषी ठहर भए उसको सदस्यता खारेज गरिन्छ।’ 

सुन तस्करी प्रकरणमा नेकपाकै नेतासमेत मुछिने देखिएपछि अनुसन्धानमा रोकिएको हो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यस्तो बताएका हुन्। 

ताप्लेजुङबाट निर्वाचित सांसद भट्टराईले जिल्लाका ठूला विकासका योजना केन्द्र सरकारले नै सञ्चालन गर्ने आश्वासन दिए। 

तमोर करिडोर, उत्तर-दक्षिण ओलाङचुङगोला लोकमार्ग आयोजना, मदन भण्डारी राजमार्ग, लिम्बूनी पुलदेखि कञ्चनजंघा आधार शिविर पुग्ने काबेली करिडोर जस्ता योजनालाई प्राथमिकताका साथ सञ्चालन गर्ने, पाथीभरा जाने सडकमा लगानीका लागि भारतको एक्जिभ बैंकसँग कुरा भइरहेको जानकारी गराए। 
  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.