प्रहरी हिरासतमा रहेका सिके राउतका कार्यकर्ताको उपचारका क्रममा मृत्यु

प्रहरी हिरासतमा रहेका सिके राउतका कार्यकर्ताको उपचारका क्रममा मृत्यु

गुलरिया : जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा रहेका सिके राउतका कार्यकर्ताको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार बिहान बेहोस भएका राम मनोहर यादवको काठमांडांैस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनको शुक्रबार राति २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

बाँके जिल्ला जानकी गाउँपालिका ६ निवासी ३० वर्षीय यादव १४ गते बिहान बेहोस भएपछि जिल्ला अस्पताल गुलरियामा उपचारका लागि पुर्याईएको  थियो। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीका अनुसार जिल्ला अस्पतालले सिटी स्क्यानका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रेफर गरेको थियो।

भेरीले आईसीयुमा राखेर हेर्नुपर्ने बताएपछि यादवलाई नेपालगञ्ज मेडिकल कलेज पुर्याइएको थियो। मेडिकल कलेजले भने भदौ १५ गते टिचिङ अस्पतालमा रेफर गरेको थियो। उपचारकै क्रममा गएराति उनको मृत्यु भएको एसपी मैनालीले जानकारी दिए।

भदौ ७ गते उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको बर्दियास्थित जिल्ला समन्वय समितिको हलमा आयोजित कार्यक्रममा कालोझण्डा देखाएर कार्यक्रम बिथोलेको अभियोगमा प्रहरीले यादव लगायत ३ जनालाई पक्राउ गरेको थियो। 

प्रहरीले कालो झण्डा बोकेको आरोपमा बाँकेको डुँडुवा गाउँपालिका-६ निवासी २६ वर्षीय हरपाल सिंह, ३१ वर्षीय इरफान अहमद शेष र जानकी गाउँपालिका-३ निवासी २८ वर्षीय राजीत राम बर्मालाई पक्राउ गरेको थियो। 

डिएसपी दलबहादुर बोगटीका अनुसार उनीहरुलाई राज्यविरुद्धको कसुरमा मुद्दा दायर गरी जिल्ला अदालतबाट म्याद थप गर्दै अनुसन्धान अगाडि बढाइएको थियो। 

पोष्टमार्टम रिपोर्ट आएपछि शव परिवारलाई जिम्मा लगाउने तयारी प्रहरीको छ।      
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.