गुल्मीमा जिप दुर्घटना : १४ घाइते
गुल्मी : शनिबार मालिका गाउँपालिका २ दर्लिङमा जिप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्। घाइतेमध्ये चार गम्भीर छन्।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक रोशन खड्काका अनुसार तमघासबाट नेटादर्लिङ जाँदै गरेको लु १ ज १९५७ नम्बरको जीप दुर्घटना भएको हो।
जीप सडकबाट १५ मिटर तल खसेको छ। प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि मुसिकोट नगरपालिकास्थित वानी स्वास्थ्य चौकीमा लगिएको छ।
जीपमा १४ यात्रु रहेको र सबै घाइते भएको प्रहरीले जनाएको छ। सडक चिप्लो र ठाउँठाउँमा पहिरो गएकाले दुर्घटना भएको प्रहरीको अनुमान छ।