को हुन् रियलमा रोनाल्डोको स्थान लिने मारियानो डियाज ?

को हुन् रियलमा रोनाल्डोको स्थान लिने मारियानो डियाज ?

काठमाडौँः स्पेनिस क्लब रियल मड्रिडले यसै सिजनको सुरुमा इटालियन क्लब युभेन्ट्समा आवद्ध भएका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको जर्सीमा एकजना स्पेनिस स्ट्राइकरलाई उतार्ने भएको छ। 

पोर्चुगिज सुपरस्टार रोनाल्डोको बहिर्गगमनसँगै उसको वास्तविक लयमा नदेखिएको रियल मड्रिड सिजनको सुरुमै एथ्लेटिको मड्रिडसँग पराजित हुन पुग्यो ।

रोनाल्डो बाहिरिएपछि यसै सिजन रियलले कुनै अर्का स्टार स्ट्राइकर भित्र्याउने व्यापक चर्चा थियो । र, त्यो सूचीमा थिए पीएसजीका ब्राजिलियन स्ट्राइकर नेमार, फ्रान्सका युवा स्ट्राइकर एम्बाप्पे, चेल्सीका इडिन हजार्ड, म्यानचेस्टर सिटीका सर्जियो एग्युएरो आदि थिए । तर यो सिजन यी नाम चलेका हुनै पनि खेलाडीलाई नभित्र्याएको रियल मड्रिडले रोनाल्डोको जर्सीमा २५ वर्षीय एक स्पेनिस स्ट्राइकरलाई उतार्ने भएको छ । 

विश्वचर्चित स्ट्राइकरलाई भित्र्याउने चर्चाकाबीच रियलले शनिबार एउटा आश्चर्यजनक निर्णय लिएको छ । उसले आफ्नो क्लबबाट खेलिसकेका स्पेनिस स्ट्राइकर मारियानो डियाजलाई भित्र्याउँदै रोनाल्डोले लाउने ७ नम्बर जर्सीमा आफ्नो घरेलु मैदान सान्टियागो बर्नबेउमा उनलाई सार्वजनिक पनि गरेको छ। 

सन् १९९३ मा जन्मेका यी २५ वर्षे स्ट्राइकरलाई रियलले फ्रान्सेली क्लब लियोनबाट ३० मिलियन पाउन्डमा ५ वर्षका लागि अनुबन्ध गरेको जनाएको छ । लियोनमा रहँदा उत्कृष्ट फर्ममा रहेका डियाजले गत सिजनमा २० गोल गरेका थिए । रियलका प्रशिक्षक जुलेनले डियाजको अनुबन्धले क्लबको टिम फर्मेसन पुरा भएको जनाउँदै थप खेलाडी अनुबन्ध नहुने जनाउ दिएका छन् । 

रियलमा भित्रिएका डियाजलाई सान्टियागो बर्नबेउमा आफ्ना हजारौँ घरेलु दर्शकमाझ सार्वजनिक गरिएको हो । त्यस क्रममा रियलका समर्थकले उनलाई न्यानो स्वागत गरेका थिए । 

डियाजले यो रियलमा आवद्ध भएपछि स्पेनिस ला लिगा अन्तर्गत लेगानेसविरुद्ध खेल्दै डेब्यु गर्नेछन् । यसअघि सन् २०१६÷०१७ मा उनी रियलमा रहँदा पनि लेगानेसविरुद्ध नै डेब्यु खेल खेलेका थिए । रियलले डियाजलाई भित्र्याएसँगै अब तत्काल नयाँ खेलाडी नभित्र्याउने जनाएको छ । त्यो बेला उनले रियलबाट ८ खेल खेलेर १ गोल गरेका थिए ।

यसअघि डियाजले रियल मड्रिड सी र डी मा रहेर उत्कृष्ट प्रदर्शन गरेका थिए । डियाज भित्रिएपछि अब रियल मड्रिडको आक्रमण लाइन अप उनीसँगै करिम बेन्जेमा, ग्यारेथ बेलसहितले सम्हाल्ने छन् । बेलले यो सिजन फर्ममा रहेको संकेत दिइसकेका छन्, उनले केही गोल पनि गरिसकेका छन् । रियलले युरोपेली च्याम्पियन्स लिग लगातार तीन सिजन जितिसकेको छ । 

यो कीर्तिमानी उपाधिका लागि रोनाल्डो निर्णायक खेलाडी थिए । यस्तोमा उनको अभाव डियाजले पुरा गर्ने विश्वास रियलका प्रशिक्षक जुलेनले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.