एसिया कप छनोट : सिंगापुरसँग भिड्दै नेपाल
काठमाडौं : मलेसियामा जारी एसिया कप छनोटको चौथो खेलमा अहिले नेपाल सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरले टस जितेर पहिले ब्याटिङ रोजेको छ । नेपालले फिल्डिङ गरिरहेकाे छ ,
अपडेट : सिंगापुरले नेपाललाई १५२ रनको विजय लक्ष्य दिएको छ । सिंगापुरलले ४२ ओभरमा सबै विकेट गुमाउँदै १५१ रनकाे स्कोर खडा गरेको छ।
सिंगापुरको छैटौं विकेट झरेको छ । ललित राजवंशीले विकेट लिएका छन् । ३०.१ ओभरमा सिंगापुरको स्कोर ११८ रन छ ६ विकेटको क्षतिमा ।
नेपालले लगातार २ विकेट लिए पनि नेपालका लागि महंगो बनिरहेका चेतन सूर्यवंशी क्रिजमा कायम छन् उनले ७८ बलमा अर्धशतक बनाएका छन् । २९ओभरमा सिंगापुरको स्कोर ११३ रन छ ५ विकेटको क्षतिमा ।
नेपालका लागि सन्दीप लामिछानेले पाचौं विकेट लिएका छन् । नेपालका लागि सन्दीप लामिछानेले पाचौं विकेट लिएका छन् । २८ ओभरमा सिंगापुरको स्कोर १०५ रन छ ५ विकेटको क्षतिमा ।
-सिंगापुरको चौथो विकेट झरेको छ । २७ औं ओभरको चौथो बलमा पारस खड्काले विकेट लिएका हुन । १३३ बलमा ८० रनको साझेदारी तोडिएको छ । २& ओभरमा सिंगापुरले ९९ रन बनाएको छ ।
थप विकेट लिन नसक्दा नेपाल दवाबमा परेको छ । २२ ओभरमा सिंगापुरले ८५ रन बनाएको छ । दुई ब्याट्सम्यानले ६७ रनको साझेदारी गरेका छन् ।
-१८ ओभरको खेल सकिँदा नेपालले थप विकेट लिन सकेको छैन । सिंगापुरले ६७ रन बनाएको छ । ३ विकेटको क्षतिमा
-१० ओभरको पावर प्लेमा सिंगापुरले ४५ रन बनाएको छ ३ विकेटको क्षतिमा
-३ विकेट गुमाउदा पनि सिंगापुरले राम्रो ब्याटिङ गरिरहेको छ । ७ ओभरमा ३१ रन जोडेको छ ।
नेपालका लागि सोमपाल कामीले तेस्रो विकेट लिएका छन् । सिंगापुरको ४.२ ओभरमा १८ रन ३ िवकेटको क्षतिमा
-नेपाललाई दोस्रो सफलता ललित राजवंशीले नेपालका लागि दोस्रो विकेट लिएका छन् । सिंगापुरको ४ ओभरमा १८ रन २ विकेटको क्षतिमा
-नेपालले पहिलो ओभरमै सफलता हात पारेको छ । सोमपाल कामीले नेपालका लागि पहिलो विकेट लिएका छन् । एक ओभर सकिँदा सिंगापुरको स्कोर शुन्य रन छ ।
पहिलो खेलमा ओमानसँग ७ विकेट र दोस्रो खेलमा युएईसँग ७८ रनले पराजित भएको नेपालले तेस्रो खेलमा आयोजक मलेसियामाथि १९ रनको जित निकालेको थियो । नेपाललाई एसिया कप छनोटको सम्भावना जीवत राख्नका लागि आजको खेल जित्नैपर्छ ।