१३ घण्टापछि त्रिभुवन विमानस्थल सुचारू, यतिको जहाज हटाइयो
काठमाडौँ : १३ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारू भएको छ । यति एयरलाइन्सको जहाज त्रिभुवन विमानस्थलको धावनमार्गमा चिप्लिएपछि १३ घण्टादेखि बन्द भएको थियाे । गयराति आकाशमै रहेका जहाजहरु डाईभर्ट भई नजिकका विमानस्थलमा अनवरण भएका थिए।
नेपालगञ्जबाट चालक दलका सदस्यसहित २१ यात्रु लिएर आएको जहाज अवतरणका क्रममा धावनमार्गबाट चिप्लेर घाँसे मैदानमा पुगेपछि विदेशबाट आएका अन्य जहाज अवतरणका क्रममा चिल्लिएको थियो ।
नेपाल नागरिक उड्ययन प्राधिकरण त्रिभुवन विमानस्थल कार्यालयका अनुसार क्याथो ड्रागन एयरलाइन्सको जहाज लखनउमा अववतरण भएको थियो भने चीनको गोन्झाउबाट आएको चाइना साउदर्न एरयालइन्सको जहाज पनि काठमाडौँको आकाशमा चार फन्को बढी लगाएर कोलकतातर्फ डाइभर्ट भएको थियो । त्यस्तै विराटनगरबाट आएइको जहाजव भैरहवामा अवतरण भएका थिए । श्री र बुद्वका जहाज शनिबार साढे ११ बजे नेपालगञ्ज अवरण भएको नेपालगञ्जमा रहेका प्रेमनाथ ठाकुरले जानकारी दिए ।