श्रीलंकाकी फर्स्ट लेडी  गरिन् डेढ लाखको किनमेल

श्रीलंकाकी फर्स्ट लेडी  गरिन् डेढ लाखको किनमेल

काठमाडौं :  श्रीलंकाकी फर्स्ट लेडी जयन्ती पुष्पाकुमारीले नेपालमा करिब डेढ लाख रुपैयाँको सामान खरिद गरेकी छन्। बिम्स्टेक शिखर सम्मेलनमा भाग लिन आएकी उनले शुक्रबार सुपर मार्केटमा ढाकाका सललगायत सामान खरिद गरिन्। नेपालका विभिन्न पहाडी भेगमा महिलाले तयार गरेका ढाकाको कपडाबाट निर्मित दुईवटा सल उनले निकै रुचाएको पाइयो। खरिद गर्नुअघि पुष्पाकुमारीले ढाकाको सल हातले छामेर गुणस्तरीयताका बारेमा जानकारी लिएकी थिइन्। पुष्पाकुमारीले दुई घण्टा खर्चेर करिब डेढ लाख रुपैयाँको किनमेल गरेकी थिइन्। उनले यो मूल्यबराबरको सााग्री आफ्नै लागि मात्रै नभएर ससाना नाती–नातीनिका लागि पनि खरिद गरेकी थिइन्।

शुक्रबार बिहान साढे ११ बजे उनी आफ्ना सहयोगी र नेपाल सरकारका तर्फबाट उपलब्ध गराइएको सुरक्षाकर्मीसहित राजधानीको महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट पुगेकी थिइन्। भाटभटेनी सुपर मार्केटका प्रमुख कार्यकारी अधिकृत पानु पौडेलका अनुसार पुष्पाकुमारी किनमेलका लागि आउने एक दिन अगावै जानकारी गराइएको थियो। सोही जानकारीका आधारमा त्यो दिन डिपार्टमेन्ट स्टोरलाई अन्य दिनभन्दा बढी सरसफाइ गरी सजाइएको थियो। आन्तरिक रूपमा सुरक्षाको पनि भरपर्दो व्यवस्था मिलाइएको थियो।

भाटभटेनीले पुष्पाकुमारीको स्वागतका लागि विशेष रेड कार्पेट नै ओछ्याएको थियो। भाटभटेनी स्टोरका निर्देशक पहल गुरुङले भने, ‘हामीलाई एक दिन अगावै श्रीलंकाकी फस्ट लेडी पुष्पाकुमारी किनमेलका लागि आउने बारेमा जानकारी गराइएको थियो। त्यहीअनुसार हामीले सबै पूर्वतयारी गरेका थियौं।’ उनका अनुसार पुष्पाकुमारी आउनै वित्तिकै भाटभटेनीका तर्फबाट स्वागत गरिएको थियो। पुष्पाकुमारीले किनमेल गर्ने सामग्री पाइने विभिन्न फ्लोरमा अन्य ग्राहकको प्रवेशमा रोक लगाइएको थियो।

नेपालका विभिन्न पहाडी भेगमा महिलाले तयार गरेका ढाकाको कपडाबाट निर्मित दुईवटा सल उनले निकै रुचाएको पाइयो।

डिपार्टमेन्ट स्टोरमा प्रवेश गरेपछि सुरुमा उनी पहिलो तलामा पुगेकी थिइन्। पहिलो तलामा स्वदेशी र विदेशमा तयारी पोसाक राखिएका थिए। पुष्पाकुमारीले पहिलो चरणमै ढाकाको कपडाबाट निर्मित सलको बारेमा जिज्ञासा राखेकी थिइन्। ‘उहाँले पहिलोपटक त्यही ढाकाको कपडाबाट निर्मित सलतर्फ हातले इसारा गरी जिज्ञासा राख्नुभयो, कुन देशको यो कपडा हो, कसरी यो कपडा निर्माण हुन्छ, कुनकुन स्थानमा तयार हुन्छलगायत जिज्ञासा राख्नुभयो’, निर्देशक गुरुङले भने। उनको जिज्ञासामा भाटभटेनीले नेपालका पहाडी भेगका ग्रामीण क्षेत्रका महिलाले तानको सहयोगमा स्वदेशी कच्चा पदार्थ प्रयोग गरी ढाका कपडा बुन्ने गरेको जानकारी दिएका थिए।

पुष्पाकुमारीले ढाकाको सलसहित भारतमा निर्माण भएको सिल्कका आठवटा साडी र तीनवटा कुर्तासुरुवालसमेत खरिद गरिन्। आफ्नै लागि चीनमा निर्माण भएको छालाको जुत्ता र ब्याग किन्न भ्याइन्। यसबाहेक उनले फ्रान्समा निर्माण भएको क्रिस्टल (सिसा) को केही थान ग्यास, वाटर ग्लाससहित अन्य सामग्री पनि किनमेल गरिन्। करिब ६ वर्षका बालबालिकालाई हुने तयारी पोसाक बेवी पाइन्ट, कोर्ट, फ्रक, नाइट ड्रेसलगायत पनि किनमेल गरिन्। अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न चेन डिपार्टमेन्ट स्टोर नेपालमा पनि हुँदो रहेछ भनेर उनी भाटभटेनीको प्रशंसा गरेकी थिइन्। किनमेलका क्रममा भाटभटेनीमा उनले पानी मात्रै सेवन गरेकी थिइन्।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.