काठमाडौं महानगरका ६ ठाउँ जहाँ हुनेछ अब फ्री वाइफाइ

काठमाडौं महानगरका ६ ठाउँ जहाँ हुनेछ अब फ्री वाइफाइ

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगरभित्रका विभिन्न सार्वजनिक स्थल एवं पुरातात्विक क्षेत्रमा निशुल्क वाइफाइ (फ्री वाइफाइ) सेवा सुरु गरेको छ। पहिलोचरणमा महानगरका ६ ठाउँमा यस्तो सेवा उपलब्ध हुनेछ।

महानगरले इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकको सहकार्यमा पशुपतिनाथ मन्दिर, बौद्ध, शंखपार्क, बालाजु बाइसधारा उद्यान, स्वयम्भू, बसन्तपुर हनुमानढोका दरबार क्षेत्रमा फ्री वाइफाइ सेवा सुरु गरेको हो।

पशुपतिनाथमा आइतबार औपचारिक कार्यक्रम गरी सेवा सञ्चालनको जानकारी महानगरपालिकाले दिएको हो। गत वर्ष  चैत १८ गते महानगर र वर्ल्डलिंकबीच सेवा सञ्चालनको सम्झौता भएको थियो। गत जेठ १७ देखि नै सेवा सुचारु भएको महानगरले जानकारी दियो। महानगर र वर्ल्डलिंकबीच पाँच वर्षका लागि यस्तो सेवा सञ्चालन गर्ने सहमति भएको हो।

महानगरवासीलाई समयानुकूल प्रविधिमैत्री सेवा विस्तार गरी क्रमशः काठमाडौं सहरलाई डिजिटल सहर हुँदै स्मार्ट सिटी बनाउने महानगरपालिकाको घोषित नीतिको कार्यान्वयन गर्न यस्तो सेवा सुरु गरिएको महानगरपालिकाको भनाई छ।

हाललाई १० एमबीपीएस क्षमताको इन्टरनेट सुरु गरिएको र प्रयोगकर्ताका आधारमा यसलाई बढाउँदै लगिने महानगरले जनाएको छ। 

कहाँ कहाँ छ सेवा ? कति प्रयोगकर्ताले चलाउन मिल्छ?


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.