सिंगापुरविरुद्ध जवाफी ब्याटिङ गर्दै नेपाल
काठमाडौं : एसीसी एसिया कप छनोट अन्तरगत नेपाल र सिंगापुरबीचको खेलमा नेपालले जवाफी ब्याटिङ गरिरहेको छ । टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ ओभरमा अलआउट हुँदै १५१ रन बनायो । १५२ रनको लक्ष्य पाएर नेपाल व्याटिङ गरिरहेको छ ।
अपडेट : नेपालको चौथो विकेट गुमेको छ । २९ रनमा ज्ञज्ञानेन्द्र मल्ल आउट भएका छन् । नेपाललाई जितका लागि ३३ रन आवश्यक छ । २३.३ ओभरमा नेपालको स्कोर ११९ रन पुगेको छ । ४ विकेटको क्षतिमा ।
नेपालको १०० रन पूरा भएको छ । २२ ओभरमा नेपालको स्कोर १०५ रन पुगेको छ ३ विकेटको क्षतिमा । क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन् ।
नेपालको लगातार २ विकेट गएको छ । तेस्रो विकेटको रुपमा पारस खड्का ११ रन बनाएर आउट भए भने सुवास खकुरेल १६ रन बनाएर आउट भएकमा छन् । १४ओभरमा नेपालको स्कोर ७२ रन छ ३ विकेटको क्षतिमा । क्रिजमा ज्ञानेन्द्र मल्ल र दीपेन्द्र सिंह ऐरी ब्याटिङ गरिरहेका छन् ।
नेपालले पहिलो विकेट गुमाएको छ । ३२ बलमा ४३ रन बनाएका अनीलकुमार शाह आउट भएका छन् । व्याटिङमा पारस खड्का आएका छन ।
केही समयको वर्षापछि लन्च ब्रेक भएको थियो लन्चपछि खेल सुचारु भएको छ । १० ओभरको पावर सकिँदा नेपालले बिना विकेटको क्षति ५२ रन बनाएको छ ।
-७ ओभरको खेल सकिँदा बिना विकटको क्षति नेपालले ३४ रन बनाएको अवस्थामा पानी परेका कारण खेल रोकिएको छ। सुवास खकुरेलले ८ र अनील शाहले २३ रन बनाएर नट आउट छन्