सिन्धुलीको दुधौली पुल भासियो

सिन्धुलीको दुधौली पुल भासियो

सिन्धुली : सिन्धुलीको दुधौली नगरपालिका-७ र ८ जोड्ने दुधौली पुल भासिएको छ। निर्माण सम्पन्न भएको १२ वर्ष नबित्दै पुल भासिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। हेटौंडा-सिन्धुली-गाईघाट बैंकल्पीक राजमार्गअन्तर्गत पर्ने पुल वर्षासँगै आएको बाढीका कारण भासिएपछि सवारी साधन सञ्चालनमा रोक लगाइएको दुधौली नगरपालिका- ८ का वडाध्यक्ष मोहनचन्द्र दाहालले बताए।

'पुलको बीच भागको पिल्लर भासिएपछि मोटरसाइकल बाहेकका सवारी साधन सञ्चालन गर्न सक्ने अवस्था छैन्। पुल भासिएपछि बैकल्पिक राजमार्गमा ठूला सवारी साधन आवतजावत बन्द भएको छ,' उनले भने।

उदयपुरको गाईघाट हुँदै सिन्धुलीको कमलाखोंचबाट सिन्धुलीसम्म आउने सवारी साधन पुल भासिएपछि सञ्चालन हुन सकेका छैनन्। दुधौली खोलामा निर्माण गरिएको २० मिटर पुल भासिएपछि वर्षातको समयमा डाइभर्सनको कुनै पनि विकल्प नभएको उनको भनाई छ। 

'सबै खोलामा अत्याधिक पानी छ। खोला नतरी सवारी साधन र मान्छे ओहोरदोहोर गर्ने कुनै बैकल्पिक अवस्था छैन्। पुल भासिएपछि समस्या सिर्जना भएको छ', उनले थपे। पुलको पिलर भास्सिएपछि पुल नै लचकिएकाले अर्को विकल्प नहुन्जेलसम्म पुलबाट सवारी साधन नचलाउन नगरपालिकाले अनुरोध समेत गरेको छ।

सडक विभागलाई छिट्टै डाइभर्सनको व्यवस्था मिलाइ आवतजावतमा सहज बनाउन माग गरिएको स्थानीय कपिल खड्काले बताए। उक्त पुल गत आर्थिक वर्ष ६२/६३ मा प्रजुना निमार्ण सेवाले ठेक्‍का लिइ निर्माण सम्पन्न गरेको थियो। पुल भासिएर अवरुद्ध भएपछि दुधौलीका स्थानीय व्यापारी र सर्वसाधारण प्रत्यक्ष प्रभावित भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.