एक सय ३८ विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

एक सय ३८ विद्यार्थीलाई छात्रवृत्ति र स्टेशनरी

बनेपा : पनौती नगरपालिका–२ स्थित कुशादेवी मावि र लिलावती नेशनल ऐकेडेमी बाट एसईई उत्तीर्ण एक सय ३८ विद्यार्थीलार्य छात्रावृत्ति र स्टेशनरी समान वितरण गरिएको छ । 

आइतबार एक कार्यक्रमबीच अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले २०७४ को एसईई परीक्षामा त्यही विद्यालयबाट उत्र्तीण विद्यार्थीहरुलाई सम्मान गरेका हुन् ।

दश वर्षदेखि कुशादेवी क्षेत्रबाट उत्कृष्ट विद्यार्थीलाई अध्यक्ष थापाले प्रोत्साहनस्वरुप विभिन्न छात्रावृत्ति प्रदान गर्दै आएको पनौती नगर प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम न्यौपानेले बताए । 

कुशादेवी र लिलावती विद्यालयबाट उत्कृष्ट एकजनालाई ५० हजार र अन्यलाई १० हजार र स्टेशनरी सहयोग गर्दै आएइका छन् । न्यौपानेका अनुसार २०७४ को एसईई परीक्षामा कुशादेवी क्षेत्रबाट उत्कृष्ट अंक ३ दशमलव ८ जीपीए ल्याउने बिबिष थापा लाई नगद ५० हजार र स्टेशनरीसहित छात्रावृत्ति प्रदान गरेको बताए ।  

क्रमश  ३ जीपीए भन्दा बढी ल्याउने अन्य विद्यार्थीहरुलाई दश हजार प्रदान गरिएको बताए । अन्य एक सय ३८ जना विद्यार्थीलाई डायरी, डिसक्नरी र स्टेशनरी समान प्रदान गरिएको  जानकारी दिए ।

कार्यक्रममा बोल्दै अन्नपूर्ण मिडिया नेट्वर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले आफूले विद्यार्थीहरुको क्षमता विकास र प्रोत्साहनका लागि लामो समयेखि सहयोग गर्दै आएको बताए । 

‘मेरो सहयोग जेहेन्दार, मेहेनरती विद्यार्थीहरुको प्रोत्साहन र क्षमता अभिवृद्धिका लागि हो’, उनले भने, ‘जसले आफ्नो परिवार, समाज र देशका लागि केही योगदान पुर्‍याउन सकुन् । सानो सहयोगले हौसला मिलोस र परिवर्तन होस भन्ने अर्को उद्धेश्य हो ।’ 

कार्यक्रममा विदेशमा रहँदै आएका राजेश लामाले विद्यार्थीहरुको सहयोग र प्रोत्सानका लागि एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी रजत सापकोटालाई ६ हजार र भावना अधिकारीलाई चार हजार रुपैयाँ प्रदान गरे । कार्यक्रममा सासंद बसुन्धरा हुमगाईँ र शिक्षाविद रामप्रसाद अधिकारीले थापाको सहयोग विद्यार्थीको लागि मार्गदर्शन हुने बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.