बीपी राजमार्ग जोगाउन चियाबारी-खुर्कोट सुरुङमार्ग

बीपी राजमार्ग जोगाउन चियाबारी-खुर्कोट सुरुङमार्ग

सिन्धुली : अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तावित चियाबारी–खुर्कोट सुरुङमार्ग निर्माणस्थलको आइतवार निरीक्षण गरेका छन् । मन्त्री खतिवडाले आइतबार सिन्धुलीको खुर्कोट र कमलामाई नगरपालिका–२ चियाबारीस्थित सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गरेका हुन् । 

५ किमि लामो सुरुङ

कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीसहितको जनप्रतिनीधिको टोली र मन्त्री खतिवडाले संयुक्तरुपमा सुरुङमार्ग निर्माणस्थलको निरीक्षण गरेका हुन् । 

जापान सरकारले निर्माण गरेको बनेपा–सिन्धुली–बर्दिवास (बीपी) राजमार्गको सिन्धुली–खुर्कोटखण्डमा ठुला सवारी साधन सञ्चालनमा समस्या आएपछि सरकारले विकल्पकारुपमाा चियाबारीदेखि खुर्कोटसम्म सुरुङमार्ग निर्माण गर्ने निर्णय गरेको थियो । 

अर्थमन्त्री खतिवडाले सुरुङमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन, भौगोलिक अवस्था र आवश्यक बजेटबारे जिल्लाबासीसँग छलफल पनि गरेका छन् । 

अर्को वर्षबाट निर्माण

निरीक्षणका क्रममा अर्थमन्त्री खतिवडाले सुरुङमार्ग निर्माणका लागि विदेशी दातृ निकायसँग कुरा भइरहेको बताउँदै सरकारले आवश्यक सहयोग जुटाएर छिट्टै निर्माण थाल्ने जानकारीसमेत दिए । 

‘मन्त्रीज्यूले सुरुङमार्गलाई निक्कै चासोका साथ लिनुभएको छ । यो सुरुङमार्गको डिपीआर यसै वर्ष तयार गरिसकिने भएको छ । आगामी आर्थिक वर्षबाट निर्माण थाल्ने गरी सरकार जुटेको बताउनुभयो’, अर्थमन्त्रीको भनाइ उधृत गर्दै मेयर खत्रीले भने ।

झण्डै ५ किलोमिटर लामो सुरुङ मार्ग निर्माणका लागि सरकारले चालू आर्थिक वर्षमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । 

भार नथेग्ने सडक 

उक्त बजेटले यसै वर्ष सुरुङमार्गको सम्भाव्यता अध्ययनथालिने भएको छ । बीपी राजमार्ग अन्तरगत सिन्धुलीबाट खुर्कोटसम्मको झण्डै २५ किलोमिटर सडक साँघुरो र घुम्ती नै घुम्ती हुँदा ठुला सवारी साधन सञ्चालनमा प्रतिबन्ध लगाइएको छ । 

१० टन भन्दा बढी भारक्षमताका सवारीसाधन र २९ सिटभन्दा लामा बस सञ्चालन गर्दा सडकमा क्षति पुग्नुका साथै दुर्घटना बढ्ने भएकाले विकल्पमा सुरुङमार्ग निर्माण गर्न स्थानीय जनप्रतिनीधिले सरकारलाई दबाब दिँदै आएका थिए । 

सुरुङमार्ग निर्माणपछि ठुला सवारी साधन त्यहीँबाट सञ्चालन गरिने छ । बीपी राजमार्गको नागबेली सडकमा भने पर्यटकीय सवारी साधन मात्रै आवतजावत गर्न दिइने योजनामा छ । 

साँघुरो सडकको विकल्प

जापान सरकारको झण्डै २५ अर्ब रुपैयाँ लागतमा चार वर्ष अघिमात्र निर्माण गरिएको राजमार्ग २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको थियो । 

भूकम्पले सडक चिराचिरा परेर चर्केर भासिएपछि उक्त राजमार्गको विकल्पमा सुरुङमार्ग निर्माण गर्न जिल्लाबासीले माग गरेका थिए । सुरुङमार्गको यसै वर्ष डीपीआर बनाउने तयारी सरकारले थालेको छ । 

मध्य तराईबाट राजधानी भित्रने सबैभन्दा छोटो बीपी राजमार्गमा सुरुङमार्ग बनेपछि राजधानी झनै नजिक हुनेछ । 

कमलामा पुल

मन्त्री खतिवडाले कमलामाई नगरपालिकाको ९ र १० नम्बर वडा जोड्ने गरी कमला नदीमा पक्की पुल निर्माणस्थलको समेत निरीक्षण गरेका छन् । खतिवडाले नगर प्रमुख खत्रीको आग्रहमा पुल निर्माणस्थलको निरीक्षण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.