महानगरले स्वचालित पार्किङस्थल बनाउने

महानगरले स्वचालित पार्किङस्थल बनाउने

काठमाडौं  : उपत्यकामा बढ्दै गएको सवारी पार्किङ समस्या समाधान गर्न काठमाडौं महानगरपालिकाले उच्च प्राविधिक क्षमताको स्वचालित पार्किङस्थल निर्माण गर्ने भएको छ। डिजाइन फाइनान्स बिल्ड अपरेट एन्ट ट्रान्सफर (डीएफवीओटी)को अवधारण अनुरुप महानगरले स्वचालित पार्किङस्थल निर्माण गर्न लागेको हो। यसका लागि शनिबार १५ दिनको म्याद दिएर एक्सप्रेसन अफ इन्ट्रेस (ईओआई) माग गरिएको छ।

महानगरपालिकाका निजी साझेदारी इकाइ निर्देशक महेश काफ्लेले पार्किकस्थल निर्माण गर्दा डिजाइनमा आउने समस्याले काममा अबरोध नहोस् भनी डीएफवीओटी मोडलमा निर्माण गर्न लागिएको जानकारी दिए। ‘नेपालका धेरै निर्माणाधीन योजना उचित डिजान अभावका कारण पूरा हुन सकेका छैनन्। महानगरले निर्माण गर्न लागेको पार्किङ डिजानकै कारण निर्माणमा अवरोध आउन नदिन डीएफवीओटी मोलड अघि सारिएको हो। पार्किङस्थल निर्माण गर्न इच्छुक कम्पनीले आफ्नो डिजाइन आफै बनाएर निर्माण गर्छन्’, काफ्लेले भने। धर्मपथस्थित आफ्नै जग्गामा स्वचालित पार्किङ निर्माण गर्न लागिएको हो।

धर्मपथको एक रोपनी १५ आना जमिनमा दुई तले वेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण गर्न लागिएको काफ्लेले बताए। विद्युतीय सवारी पार्किङ गरिएको स्थानमै चार्ज गर्न सकिने र एकपटकमा सात सयभन्दा धेरै सवारी अट्ने गरी निर्माण गर्न लागिएको छ। यो पार्किङस्थल स्वाचलित हुनेछ। स्वचालित पार्किङस्थल बनाउन इच्छुक कम्पनी तथा जोइन्ट भेन्टर (जेभी)ले २० हजार रुपैयाँ तिरेर महानगरपालिकाबाट फारम लिनु पर्नेछ। स्वदेशी तथा विदेशी दुवै कम्पनीले पार्किङ बनाउनका लागि प्रस्ताव पेस गर्न सक्नेछन्।

महानगरपालिकाले पार्किङ निर्माण गर्न एक अर्ब रुपैयाँ लाग्ने जानकारी दिएको छ। डीएफवीओटी मोडलमा निर्माण हुने पार्किङस्थल निर्माण गर्ने कम्पनीले २५ वर्षसम्म सञ्चालन गर्न पाउनेछन्।

कम्पनीले २५ वर्षभित्रमा आफ्नो लगानी उठ्ने गरी महानगरपालिकामा भदौ ३१ गतेभित्रमा डिजाइनसहित प्रस्ताव पेस गर्नुपर्ने हुन्छ। पार्किङस्थल निर्माण गर्न प्रस्ताव गर्ने कम्पनीले आर्थिक क्षमतासहित स्केज बुझाउनुपर्छ। न्यून लागतमा सस्तो मूल्यमा पार्किङको सुविधा दिने कम्पनीले टेन्डर हात पर्ने काफ्लेको दाबी छ।

धर्मपथको एक रोपनी १५ आना जग्गामा दुई तले वेसमेन्टसहित ६ तलाको पार्किङस्थल निर्माण गरिने।

भौतिक पूर्वाधार तथा यातायात पूर्वसचिव तुलसी सिटौला काठमाडौं उपत्यकामा सडकमा हुने पार्किङ व्यवस्थित गर्न सुविधासम्पन्न पार्किङस्थल आवश्यक भएको बताउँछन्। ‘वार्षिक रूपमा सवारीको संख्या थपिएको छ। ती सवारीलाई व्यवस्थित गर्न पार्किङस्थल बन्न सकेका छैनन्,’ सिटौलाले भन्छन्, ‘सडकमा खुल्ला बनाउन पनि पार्किङस्थल आवश्यक छ। व्यपारिक उद्देश्यले खोलिएका महलले पार्किङको सुविधा दिँदै आएका छन्। त्यो सुविधा किनमेल गर्न जाने ग्राहकका लागि मात्र हो।’

सिटौलाका अनुसार नेपालमा हाल अधिकतम ४० रुपैयाँ प्रतिघण्टाका दरले केही व्यापारिक महलले चारपांग्रे सवारीसँग पार्किङ शुल्क उठाउँदै आएका छन्। धर्मपथमा बन्ने पार्किङ स्थाल बन्न कम्तीमा दुई वर्ष लाग्ने भएकाले त्यहाँ पार्किङ गरिने सवारीको शुल्क ५० रुपैयाँको हाराहारीमा हुने उनी बताउँछन्। उनी भन्छन्,‘पार्किङस्थल बनाउने कम्पनीले लगानी उठाउन महँगो शुल्क लिएमा पार्किङ गर्न आउने गाडी नपाउन सक्छन्। पार्किङ शुल्क उठाएर मात्र कम्पनीले लगानी उठाउने वातावरण नबन्न सक्छन्। त्यसका लागि सरकारले केही सहुलियत रकम र पार्किङस्थल व्यापारिक प्रयोजनका लागि पनि प्रयोग गर्न दिनुपर्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.