खोला बढ्दा स्थानीय युवालाई रोजगारी

खोला बढ्दा स्थानीय युवालाई रोजगारी

मुसिकोट : राप्ती लोकमार्गअन्तर्गत मुसिकोट नगरपालिका–११ र १२ को सिमानामा रहेको पितिवाङ खोलाबाट मोटरसाइकल वारपार गराउन दर्जन युवा खटिएका छन् । खोला बढेपछि पार गर्न नसकेका यात्रुलाई उद्धार गर्ने र आफूहरूलाई पनि केही रकम पाइने भएपछि स्थानीय बेरोजगार युवा यस कार्यमा लागेका हुन् ।

दैनिक ६०÷७० वटा मोटरसाइकल वारपार गराएको स्थानीय उदयकुमार पुनले बताए । एउटा बाइक पार गराउँदा खोला ठूलो भएका बेला पाँच सय रुपैयाँ र सानो हुँदा दुई÷तीन सयसम्म लिने गरेको उनले बताए । उनीहरू १२ जना दिनभर काम गरेर जम्मा भएको रकम साँझ बराबरी बाँड्छन् । खोलाको तीरमा पानी पर्दा ओत लाग्न युवाहरूको समूहले त्रिपाल टाँगेर छाप्रोसमेत निर्माण गरेका छन् । ‘दैनिक प्रतिव्यक्ति १५ सयदेखि दुई हजार रुपैयाँसम्म आम्दानी हुने गरेको छ’, पुनले भने, ‘बिदाको दिन कहिलेकाहीँ कम सवारी चल्दा पाँच सय मात्रै हुन्छ ।’ घरमा त्यत्तिकै बस्नुभन्दा यात्रुको उद्धार पनि हुने र दुई÷चार पैसा कमाइ पनि हुने भएकाले जोखिम मोलेर भए पनि यस कार्यमा लागेको स्थानीय लक्ष्मण पुनले बताए । कतिपय पैसा नहुने यात्रुले अनुरोध गरे निःशुल्क पनि वारपार गराउने गरेको उनले जानकारी दिए ।

सदरमुकामदेखि नजिकैको त्रिवेणी गाउँपालिकामा कार्यरत शिक्षा अधिकृत ताराप्रकाश पुनले आफू दैनिक खलंगाबाट त्रिवेणी मोटरसाइकलमा जानुपर्ने भएकाले आफ्नो धेरै पैसा खोला तराउनमै खर्च भएको बताए । धेरैचोटि वारपार गरिसकेकाले पछिल्लो समय अनुरोध गरेकाले केही छुटमा जान–आउन पाएको उनको भनाइ छ । ‘पहिले पाँच सय तिरियो, पछि तीन सय र अहिले कहिलेकाहीँ भनसुन गर्दा निःशुल्क पनि जान पाइएको छ’, उनले भने, ‘पैसा भए बाइक वारपार गराउन समस्या छैन, युवा बिहान ५ बजेदेखि साँझ ७ बजेम्म तैनाथ हुन्छन् ।’

यस खोलामा सडक पुल निर्माण नहुँदा साना–ठूला सबै सवारीसाधन र पैदलयात्रीलाई वारपार गर्न समस्या हुने गरेको छ । पुल निर्माण सुरु भए त्यसमा पनि काम गर्न आफूहरू तयार रहेको स्थानीय युवा बताउँछन् । यसरी जोखिम मोलेर गाडी वारपार गराउनु आफूहरूको पनि रहर नभई बाध्यता भएको उनीहरूको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.