बालिका बलात्कार : छिमेकी नै बैरी निस्केपछि

बालिका बलात्कार : छिमेकी नै बैरी निस्केपछि

धनगढी : प्रहरीले बालिका बलात्कार आरोपितलाई सार्वजनिक गरेको छ। सोमबार कैलालीको घोडाघोडी नगरपालिका-६ बछुरियाका हर्कबहादुर कुँवरलाई कैलाली प्रहरीले सार्वजनिक गरेको हो । 

उनी आइतबार लम्की चुहा नगरपालिका-१० बाट पक्राउ परेका थिए।प्रहरीले उनलाई सोही स्थानकी १४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा प्रकाउ गरेको थियो। भदौ १३ गते राति घरमा कोही नभएको मौका छोपेर छिमेकीसमेत रहेका कुँवरले बालिकाकै सलले मुख र हात बाँधेर बलात्कार गरेको प्रहरीले जनाएको छ। 'आफन्तले प्रहरीमा उजुरी दिने वित्तिकै  प्रहरीलाई परिचालन गरिएको थियो', जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले भने, 'प्रहरीमा खबर गरेको दुई दिनभित्र नै पक्राउ गरिएको हो।'

उनलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा ३ 'ख'बमोजिम १४ वर्षदेखि १६ वर्षसम्म कैद दफा २२८ बमोजिम मानसिव क्षतिपूर्तिको सजाए हुने प्रहरी उपरीक्षक घिमिरेले जानकारी दिए।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.