पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने

पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने

विराटनगर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले पुल निर्माणमा लापरवाही गरेको आरोप लागेका पप्पु निर्माण कम्पनीलाई कारबाही गरिने बताएका छन्। उक्त कम्पनीले ठेक्‍का लिएका अन्य आयोजनामा पनि जनगुनासो बढेकाले एक छानविन आयोग गठन गरिने र उक्त आयोगको सुझाबअनुसार कारबाही गरिने विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँगको कुराकानीमा मन्त्री महासेठले बताएका हुन्।

     
पाँच प्रतिशत निर्माण कम्पनीका ठेकेदारका कारण अन्य ठेकेदारले पनि दुःख पाएको आफूले महसुस गरेको बताउँदै मन्त्री महासेठले सडक र पुलको निर्माणलाई प्रभावकारी बनाउन पहल गर्ने बताए।

उनले रकम लिई निर्माणमा बदमासी गर्ने निर्माण कम्पनीलाई एक लाख ५० हजारदेखि पाँच करोडसम्म जरिवाना गरिएको र अहिलेसम्म यस्ता १४५ ठेकेदारलाई कारबाहीमा परेको बताए। 

सरकारका कारणबाट पनि सडकलगायत अन्य निर्माणमा ढिलाइ भएको स्वीकार गर्दै मन्त्री महासेठले अब पुराना सबै काम पूरा गरेर मात्र नयाँ निर्माणका लागि बोलपत्र आह्वान गरिने जानकारी दिए।

यातायात क्षेत्रमा भएको एकाधिकार हटाइएको र एकाधिकार कायम गराउन खोज्ने २४५ यातायात व्यवसायीको बैंक खाता रोक्‍का गरी छानबिनसमेत भइरहेको बताउँदै उनले आगामी मङ्सिर मसान्तसम्म शतप्रतिशत सार्वजनिक यातायातका साधन कम्पनीमा दर्ता हुन आउने र सर्वसाधारणले सुलभरूपमा सेवा प्राप्त गर्ने विश्वास व्यक्त गरे।

सहरी तथा नगर क्षेत्रमा सञ्चालित सार्वजनिक सवारी साधनको सीट संख्याको अनुपातमा २० प्रतिशतमात्र थप यात्रु राख्ने व्यवस्था गरिएकाले यसबाट यात्रु कोचेर राख्ने समस्याको अन्त्य हुने मन्त्री महासेठले व्यक्त गरे। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.