गरिमा बैंक र युनियन लाइफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स
काठमाडौं : गरिमा विकास बैंक लिमिटेड र यूनियन लाईफ इन्स्योरेन्सबीच बैंकान्स्योरेन्स सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। आइतबार आयोजित एक कार्यक्रममा सेवा प्रदानसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र युनियन लाईफ इन्स्योरेन्स कम्पनीका प्रमूख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सो सम्झौतापश्चात् गरिमा विकास बैंकका ग्राहकले विकास बैंकका सम्पूर्ण ६० वटा शाखा कार्यालयबाट यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमासम्बन्धी सेवा प्राप्त गर्न सक्नेछन्।