बङ्गबन्धु गोल्डकपमा बंगलादेशको बदमाशी, अझै दिएन पुरस्कार

बङ्गबन्धु गोल्डकपमा बंगलादेशको बदमाशी, अझै दिएन पुरस्कार

काठमाडौँ : बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको पुरस्कार नेपालले अझै पाउन सकेको छैन । नेपालले २०७२ साल माघमा बङ्गलादेशमा सम्पन्न बङ्गबन्धु अन्तर्राष्ट्रिय गोल्डकप प्रतियोगिताको उपाधि जितेबापतको २५ हजार अमेरिकी डलर पाउन नसकेको हो । 

उक्त प्रतियोगितामा नेपालले फाइनलमा बहराइनलाई ३-० गोलअन्तरले पराजित गर्दै उपाधि जितेको थियो । पाँचौ संस्करणको खेल तालिका सार्वजनिक गरिँदासमेत नेपालले पुरस्कार राशि नपाएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) प्रवक्ता किरण राईले बताए । 

'अघिल्लो संस्करणमा जीतेको पुरस्कार नपाए अगामी प्रतियोगितामा भाग लिदैनौँ', उनले भने । त्यतिबेला नेपाली राष्ट्रिय फुटबल टोलीले २३ वर्षपछि अन्तर्राष्ट्रिय उपाधि जितेको थियो । 

बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धु शेख मुजिबुर रहमानको स्मृतिमा उक्त प्रतियोगिता आयोजना गरिँदै आएको छ । बङ्गलादेश फुटबल महासङ्घले गएको शनिबार पाँचौँ संस्कारणको खेल तालिका सार्वजनिक गरिसकेको छ ।

पाँचौं संस्करणको उक्त प्रतियोगिता आगामी असोज १५ देखि २७ गतेसम्म बङ्गलादेशको राजधानी ढाकामा हुनेछ । शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा प्यालेस्टाइन र ताजकिस्तानसमेत छन् । समूह ‘बी’ मा आयोजक बङ्गलादेश, लाओस र फिलिपिन्स रहेका छन् । 
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.