अर्थमन्त्री खतिवडाको कटाक्ष : करको हल्ला फेसबुकेहरुको काम

अर्थमन्त्री खतिवडाको कटाक्ष : करको हल्ला फेसबुकेहरुको काम

राजविराज : अर्थमन्त्री डा. युवराज खतिवडाले करको विषयमा चलेको फेसबुके हल्लाको पछि नलाग्न आग्रह गर्दै आमनागरिकलाई भार नपर्ने गरी कर लगाइने बताएका छन् । राजविराजमा करदाता सेवा कार्यालयको उद्घाटन गर्दै खतिवडाले जनताले स्थानीय, प्रदेश वा संघीय सरकारमध्ये एक ठाउँमा कर तिरे पुग्ने पनि बताए । 

दोहोरो तथा अधिकार क्षेत्र बाहिर गएर कर नलगाउन निर्देशन दिइरहेको भन्दै उनले पहिलो पटक संघीय ढंगले कर लागेकाले केही अन्यौल देखिएको स्विकारे ।

यो अन्यौल चाँडै हट्ने बताएका उनले उत्पादन गर्दा नलागे पनि बजारमा लगेर कारोबार गर्नेले कर तिर्नुपर्ने बताए । एउटाले गर्दा स्थानीय सबैलाई तिराउन नमिल्ने बताउँदै उनले सधैँ विदेशी ऋणमा निर्भर भएर विकास सम्भव नहुने दाबीसमेत गरे । 

सरकारले आधारभूत सेवाहरु कर संकलन गरेर नै पुरा गर्ने भएकाले करको विषयलाई अनावश्यक रुपमा लिन नहुने धारणा राख्दै उनले मुलुकको ढुकुटी बलियो नभएसम्म विकास असम्भव रहेको बताए । 

‘करको दायराभन्दा दरमा भइरहेको फेसबुके हल्ला बढी भएको छ’, उनले थपे, ‘तर यथार्थ भने त्यस्तो होइन, उठाइएका करको पूर्ण सदुपयोग हुन्छ र प्रदेश तथा स्थानीय तहमै खर्च हुन्छ ।’ 

बित्तीय स्रोत व्यवस्थापन र परिचालन गर्न सक्ने स्थानीय सरकारको अधिकारअन्तर्गत कर नीतिमा हेरफेर गरेकाले करको दुरुपयोग नहोस भन्नेमा चनाखो रहनुपर्ने उनले बताए । 

पूर्व–पश्चिम रेलमार्ग अघि बढ्ने 

मन्त्री खतिवडाले पूर्व–पश्चिम रेलमार्ग निर्माणका लागि भारतसँग सम्झौताको काम अगाडि बढेको जानकारी दिए । भारत भएर जनकपुर आउने रेल काँकडभिट्टाबाट बर्दिबास हुँदै हेटौंडासम्म पुर्‍याउने महत्वपूर्ण योजनाका साथ सरकार अघि बढेको उनले बताए । 

तराई–मधेसको भौतिक पूर्वाधार, आर्थिक एवम् सामाजिक रुपान्तरणका लागि अत्यधिक बजेट केन्द्रित गरेकाले सदुपयोगमा ध्यान दिन उनले जोड दिए । तीनै तह मिलेर काम गर्नुपर्नेमा जोड दिँदै मन्त्री खतिवडाले अधिकारसम्पन्न सरकारले सानातिना विकासमा संघको मुख ताकेर दोष पन्छाउन नमिल्ने बताए । यसैगरी पैसाभन्दा निर्माण प्रकृयाको कार्यान्वयनमा समस्या रहेको हुलाकी सडकको काम सरकार स्वयम्ले पूरा गर्ने उनले बताए । 

उद्योगीको पत्र मन्त्रीलाई

यस्तै सप्तरी उद्योग वाणिज्य संघले अर्थमन्त्री खतिवडालाई १० बुँदे अवधारणा पत्र बुझाएको छ । मन्त्रीको सम्मानमा आयोजित स्वागत कार्यक्रममा संघका अध्यक्ष अरुण प्रधानले जिल्लाको समग्र विकास निर्माणमा देखिएको समस्या र समाधानबारे अवधारणा पत्र बुझाए । 

कार्यक्रममा प्रदेश सभा सदस्य मनीष सुमन, उद्योग वाणिज्य संघका उपाध्यक्ष किशोर प्रधान, राजस्व सचिव शिशिर ढुंगाना र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललगायतकाले मन्तव्य राखे । यसअघि मन्त्री खतिवडाले गजेन्द्रनारायण सिंह औधोगिक क्षेत्रको निरीक्षण गरेका थिए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.