उपचार गर्न हिँडेका बिरामी कालीगण्डकीमा बेपत्ता
![उपचार गर्न हिँडेका बिरामी कालीगण्डकीमा बेपत्ता](https://annapurnapost.prixacdn.net/media/albums/20180414050951_kaligandaki-river_7YnTzZIygj.jpg)
म्याग्दी : अन्नपूर्ण गाउँपालिका-६ स्थित भिरकाटेमा सडकबाट कालीगण्डकीमा खसेर सोमबार एक जना बिरामी बेपत्ता भएका छन् ।
उपचारका लागि सदरमुकाम बेनीमा आउने क्रममा बेनी-जोमसोम सडकको भिरकाटे खण्डमा सडकबाट कालीगण्डकीमा खस्दा अन्नपूर्ण गाउँपालिका-२ भुरुङका ४६ वर्षीय बमबहादुर पुर्जा बेपत्ता भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बेनी-जोमसोम सडकमा खसेको पहिरोले यातायात अवरुद्ध भएपछि हिँडेर पहिरो पार गर्ने क्रममा पुर्जा कालीगण्डकीमा खसेका थिए ।
सडक अवरुद्ध भएपछि एम्बुलेन्सबाट झरेर श्रीमतीको हात समाएर पहिरो छिचोल्ले क्रममा चिप्लिएर नदीमा खसेका पुर्जाको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)