महानिरीक्षक खनाल भन्छन् : नेपाल प्रहरी एसियामै उत्कृष्ट

महानिरीक्षक खनाल भन्छन् : नेपाल प्रहरी एसियामै उत्कृष्ट

पर्सा : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आमनागरिकको समस्यालाई बुझ्दै नयाँ ढंगबाट उत्कृष्ट र प्रभावकारी सेवा दिनुपर्ने बताएका छन् । पर्सा वीरगञ्ज महानगरपालिका-४ स्थित वडा प्रहरी कार्यालय बिर्ताको नवनिर्मित कार्यालय र व्यारेक भवनको सोमबार  उद्‍घाटन गर्दै उनले यसो भनेका हुन् । 

उक्त अवसरमा प्रहरी महानिरीक्षक खनालले नेपाल प्रहरी दक्षिण एसियामै उत्कृष्ट रहेको पनि दाबी गरे । 'नेपाल प्रहरी उत्कृष्ट छ', उनले भने, 'यसलाई अझै उत्कृष्ट बनाउँदै लैजानेछौँ ।'

प्रहरी सेवालाई नागरिक केन्द्रित बनाउन कटिवद्ध भई काम गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै उनले गलत कार्य गर्नेलाई कारवाही र उत्कृष्ट कार्य गर्नेलाई पुरस्कृत गरिने बताए । 

प्रहरी महानिरीक्षक खनालले स्थानीय तहसँग सहकार्य गर्दै अगाडि बढ्ने उल्लेख गर्दै शान्ति सु-व्यवस्था कायम राख्न, जनताले अनुभूति गर्ने गरी न्याय सम्पादन गर्न र समृद्ध मुलुक निर्माणमा सरोकारवाला सबैको हातेमालो आवश्यक रहेको बताए । 

कुल २ करोड ५४ लाख २ सय ७२ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको उक्त ५ तले भवनबाट आजैदेखि कार्यालय सेवा सुरु गरिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.