नेपाल टेलिकमका मोबाइल डेढ घण्टा अवरुद्ध
काठमाडौं : नेपाल टेलिकमको मोबाइल नेटवर्कमा आएको समस्या समाधान भएको छ। बिहान ६ बजेदेखि ट्रान्समिसनमा आएको समस्याका कारण टेलिकमका पोस्ट पेड तथा प्रिपेड मोबाइलमा नेटवर्क अवरुद्ध भएको नेपाल टेलिकमका सहप्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
बिहान साढे ७ बजे समस्या समाधान भएको र मोबाइल सञ्चालन सुचारु भएको अधिकारीले बताए। 'कतिपय ठाउँमा अझै समस्या देखिन सक्छ, क्रमशः समाधान हुने क्रममा छ', उनले भने।
प्रतिक्रिया दिनुहोस !
५