'अमेरिकाले पाकिस्तानलार्इ दिने सहयोग पाकिस्तान कै रकम'

'अमेरिकाले पाकिस्तानलार्इ दिने सहयोग पाकिस्तान कै रकम'

इस्लामाबाद : अमेरिकाले पाकिस्तानलाई दिँदै आएको करोडौं डलर कुनै सहयोग नभएर पाकिस्तानको आफ्नै रकम भएको पाकिस्तानले बताएको छ। आतंकवादीविरुद्ध कारबाही नगरेको भन्दै तीस करोड अमेरिकी डलर बन्द गर्ने घोषणा गरेको थियो।

त्यसलगत्तै पाकिस्तानको यस्तो धारणा सार्वजनिक भएको हो। पाकिस्तानी विदेशमन्त्री एसएम कुरैशीले भने, ‘यो जुन तीस करोड डलर रकम छ, त्यो कुनै पनि सहयोग थिएन र होइन पनि। उक्त रकम कोलिशन सपोर्ट फन्डमार्फत आउने रकम हो।’ त्यो भनेको कसैले सहयोग दिएको रकम जभएको उनले स्पष्ट पारे। आतंकवादविरुद्धको लडाइँमा पाकिस्तानले आफ्नो स्रोत र रकम खर्च गरेको हुन्छ, त्यो अमेरिकाले फिर्ता गर्ने गरेको उनले स्पष्ट पारे।

पाकिस्तानी स्रोत साधन र रकम खर्च भएबापत दिएको पैसालाई अनावश्यक रूपमा उछालिएको विदेशमन्त्री कुरैशीले दाबी गरे। आतंकवादविरुद्ध संयुक्त रूपमा लड्ने अमेरिका र पाकिस्तानको साझा उद्देश्य भएको भएको पाकिस्तानले बताएको छ। आतंकवादविरुद्धको युद्धमा पाकिस्तानले खर्च गरेको पैसा पाउनु सामान्य भएको उनको स्पष्टोक्ति थियो।

कुरैशीले भने, ‘अमेरिकाले पाकिस्तानलाई फिर्ता गर्नुपर्ने रकम दिएको छैन। त्यसकै अभावमा यसअघिको सरकारका पालामा नै अमेरिकाले रकम घटाइसकेको छ।’

अमेरिकाले पाकिस्तानस्थित लडाकुका सुरक्षित आ श्रयस्थलहरू ध्वस्त पार्नेतर्फ दबाब दिँदै आएको छ। पाकिस्तानले देशभित्रैका कतिपय लडाकु समूहसँग कडा संघर्ष गर्नुपरेको छ। उसले चरमपन्थीसँगको लामो युद्धमा हजारौंको ज्यान गइसकेको र अर्बौं डलरको क्षति भइसकेको पाकिस्तानको भनाइ छ। अमेरिकी अधिकारीले अफगानिस्तानमा हुने आक्रमणमा पाकिस्तानी सहयोग रहेको आरोप लगाउँछन्। सीमावर्ती क्षेत्रमा खुलेआम घुमफिर गर्ने लडाकुलाई नियन्त्रण गर्नुको साटो सहयोग गरिरहेको अमेरिकी भनाइ छ।

ह्वाइट हाउसको विश्वासमा पाकिस्तानको गुप्तचर निकाय इन्टर–सर्भिस इन्टेलिजेन्स र अरू सैनिक निकायले लामो समयदेखि तालिबानलाई रकम र हतियार दिइरहेका छन्। पाकिस्तानको हस्तक्षेपले मात्र अफगानिस्तानमा युद्ध अन्त्य हुने अमेरिकी विश्वास छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले विगत १५ वर्षदेखि पाकिस्तानलाई ३३ अर्ब डलर सहयोग गरेर मुख्र्याइँ गरेको बताउँदै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.