डिभिजन वन कार्यालय स्थापना

डिभिजन वन कार्यालय स्थापना

स्याङ्जा : केन्द्रको अधिकार स्थानीयतहमा पुर्‍याउने भन्दै जिल्लाका सरकारी कार्यालय खारेज गरेको राज्यले फेरि विभिन्न वहाना बनाउँदै केही कार्यालय स्थापना गर्न थालेको छ। साविकका कार्यालयमा केही शब्द परिवर्तन गरेर प्रदेश मातहतमा रहनेगरी केही कार्यालय स्थापना गरिएको हो। केही कार्यालयले जिल्लालाई मात्र हेर्ने गरी र केही कार्यालयले दुई जिल्ला लगायत केहीले प्रदेश कार्यालयलाई नै समेट्ने गरी कार्यालयहरु स्थापना गरेका हुन्।

गत साता जिल्ला वन कार्यालय स्याङ्जा डिभिजन वन कार्यालयका नाउँमा रुपान्तरण गर्दै स्याङ्जामा स्थापना भएको छ। गण्डकी प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले प्रदेशको संरचनालाई स्थानीय तहमा पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय स्थापना गरेको बताए। साविकको पुतलीबजार नगरपालिका वडा नं. ४ मा रहेको वन कार्यालय हाल पुतलीबजार नगरपालिका ३ स्थित साविकको भूसंरक्षण कार्यालयमा स्थापना गरिएको हो। वन निर्देशनालय अन्तर्गत १ डिभिजन वन कार्यालयसँगै ८ वटा सहायक डिभिजन वन कार्यालय रहनेछन्।

जिल्ला कृषि विकास कार्यालय स्याङ्जाको पनि ३ साताअघि कृषि ज्ञान केन्द्र नामाकरण गर्दै स्थापना भएको छ। केन्द्रको औपचारिक घोषणा गर्न गण्डकी प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री लेखबहादुर थापा स्याङ्जा आइपुगे। यसैगरी, मन्त्री थापाले सोही दिन स्याङ्जा जिल्लालाई मात्र हेर्नेगरी जिल्ला भेटेरेनरी कार्यालयको पनि उद्घाटन गरे। दुबै कार्यालयको स्थापना गर्दै मन्त्री थापाले कृषि र पशु व्यवसाय मार्फत् ३ वर्षमा आत्मनिर्भर र ५ वर्षमा दोब्बर उत्पादन गर्ने लक्ष्य सुनाए।

कास्की र स्याङ्जा जिल्लालाई हेर्नेगरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको हो। स्याङ्जामा स्थापित ज्ञान केन्द्रमा १७ दरबन्दी रहने र केन्द्र, प्रदेश र स्थानीय तहसम्म समन्वय गर्दै कृषिका क्षेत्रमा काम गर्दै स्थानीयतहले कृषि विज्ञहरु तयार नभइन्जेलसम्मका लागि स्थापना गरिएको वरिष्ठ कृषि विकास अधिकृत तेजप्रसाद दवाडीले जानकारी दिए। गण्डकी प्रदेश अन्तर्गत अन्य ५ स्थानमा समेत कृषि ज्ञान केन्द्र सञ्चालनमा ल्याइने भएको छ। पर्वतमा स्थापित केन्द्रले बागलुङमा, म्याग्दीमा स्थापित केन्द्रले मुस्ताङमा, तनहुँमा स्थापित केन्द्रले नवलपुरमा, लमजुङमा स्थापित केन्द्रले मनाङमा र गोरखामा स्थापित ज्ञान केन्द्र गोरखा जिल्ला मात्र हेर्नगरी कृषि सम्बन्धी गतिविधि संचालन गर्ने भएको छ।

यस्तै, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय गण्डकी प्रदेश अन्तर्गत स्याङ्जाका ४ स्थानमा विभिन्न कार्यालयका प्रदेश स्तरीय शाखा स्थापना भएकोे छ। मन्त्रालयले पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय अन्तर्गतका २ वटा र कृषि विकास निर्देशनालय अन्तर्गत २ कार्यालय स्थापना गरेको हो। पशु तथा मत्स्य विकास अन्तर्गत मिर्मीमा मत्स्य विकास केन्द्र र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको हो।

मत्स्य विकासले प्रदेशका ११ वटै जिल्ला र कृषि विकास निर्देशनालय अन्तर्गतका रेशम विकास केन्द्र स्थापना गरिएको छ। रेशम विकासले स्याङ्जा जिल्लालाई हेर्ने गरी कार्यालय स्थापना गरिएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.