सरकारको काम स्वस्थानी ब्रतकथाको जादु होइन : प्रधानमन्त्री ओली

सरकारको काम स्वस्थानी ब्रतकथाको जादु  होइन : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको काम स्वस्थानी ब्रतकथाको जादु जस्तो नभएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा संसदले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्। 

सरकारले प्रक्रिया पुर्‍याएर काम गरिरहेको भन्दै ओलीले स्वस्थानी ब्रतकथाको उदाहरण दिएका हुन्। 'नेपालका खोला नियन्त्रण गर्न सकिएको छैन। ती खोला ६ महिनामा सरकारले ल्याएको होइन। नदी नियन्त्रणका लागि हामी प्रयास गर्दै छौं। अहिले सरकार राहत र उद्धारमा सक्रिय छ। जनताका दुःखमा सरकार अत्यन्त गम्भीर र संवेदनशील छ। अप्ठेरो ठाउँमा जनतालाई राहत दिन लागि परेका छौँ। जिम्मेवारीपनका साथ उद्धार र राहतमा खटिरहेका छौँ असुरक्षित ठाउँलाई व्यवस्थित आवास निर्माण गर्ने बाटोमा सरकार अगाडि जाँदै छ', प्रधानमन्त्री ओलीले भने, 'तर, यो स्वस्थानी ब्रतकथाको जादु होइन। यसो खोलेर हेर्दा महल ठडिने। यो हामीले गर्नुपर्छ र हामी गर्दैछौँ।'

सार्कलाई विस्थापित गर्न बिम्स्टेक आएको होइन 

सँगै प्रधानमन्त्री ओलीले सार्कलाई विस्थापित गर्न बिम्स्टेक नआएको प्रष्ट पारेका छन्। 'सार्कलाई विस्थापित गर्न बिम्स्टेक आएको होइन। सार्क र बिम्स्टेकलाई सँगसँगै अगाडि बढाउने हो', प्रधानमन्त्री ओलीले भने। 

ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ पनि यही रहेको बताए। मोदीको भनाइ उद्धृत गर्दै ओलीले भने, 'बिम्स्टेक बल्ल सुरु भएको छ। यसले पूर्णता पाउनै बाँकी छ। बल्ल यसले काम गर्ने बाटो समायो। वास्तवमा सुरु गरेजस्तो भयो अहिले।' ओलीले बिम्स्टेकका विषयमा अन्य सरकार र राष्ट्रप्रमुखको भनाइ पनि यही रहेको बताए। 

सँगै ओलीले सार्क राष्ट्रबीच देखिएको समझदारीलाई हटाउनुपर्ने बताएका छन्। 'सार्कका सदस्य राष्ट्रबीचको असमझदारीले पारेको अप्ठेरोलाई हामीले हटाउनुपर्छ', प्रधानमन्त्री ओलीले भने। 

ओलीले राष्ट्रियतामै खतरा पार्ने काम सरकारले गरेको भन्दै आशंका गर्ने सांसदलाई यो विषयमा चिन्ता नगर्न आग्रह गरे। 'राष्ट्रलाई जगाउने भूमिकाको स्मरण गर्नु भएकोमा धन्यवाद भन्न चाहन्छु। म त्यो भूमिकामा ढुक्क रहन चाहन्छु', ओलीले भने, 'देशहित विपरित कुनै कदम चालिने छैन। देशविरुद्ध र देशहितविरुद्ध कुनै काम हुँदैन। 

सार्क सम्मेलन हुन नसक्नुको कारण नेपाल नभएको नेपाल सार्कको अध्यक्ष मात्र भएको प्रधानमन्त्री ओलीले प्रष्ट पारे। 'हामी सार्कको अध्यक्ष हौँ। तर सम्मेलन हामीले गर्ने होइन। अर्कै देशले सम्मेलन गर्नुपर्छ', प्रधानमन्त्री ओलीले भने। उनले सार्कलाई गतिशिल बनाउने विषयमा पाकिस्तानका पूर्वप्रधानमन्त्री र वर्तमान प्रधानमन्त्रीसँग कुरा गरेको समेत प्रष्ट पारेका छन्।

बिहारमा छेकेर बाढी छेकिदैन 
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको बिहारमा छेकेर बाढी नछेकिने बताएका छन्। बाढी नियन्त्रणका लागि नेपालभित्रै प्रयास हुनुपर्ने उनको भनाइ छ। 'बाढीका विषय उठेका छन्। भारतको बिहारमा छेकेर बाढी छेकिने होइन', प्रधानमन्त्री ओलीले भने, 'पहिला त्यसको प्रबन्ध नेपालमा हुनुपर्छ।' ओलीले हिमालबाटै बाढी नियन्त्रणको प्रयास हुनुपर्ने बताए। 'बाढी नियन्त्रणको प्रयास हिमालबाटै हुनुपर्छ। हामी १३ प्रतिशत जमिनमा कति बाक्लो हिउँ बोकेर बसेका छौँ ?' प्रश्न गर्दै ओलीले भने, 'यसलाई हामीले उपयोग गर्नका लागि उचित प्रबन्ध आफैं मिलाउनुपर्छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.