पहिरोले विद्युत नहर भत्काए पछि सदरमुकाम अन्धकार

पहिरोले विद्युत नहर भत्काए पछि सदरमुकाम अन्धकार

दुनै,डोल्पा : डोल्पाको सदरमुकाम दुनै मंगलबार रातिदेखि अन्धकारमय भएको छ।जैरीगरा पावरहाउसबाट उत्पादन हुने विद्युतको नहर पहिरोले भत्काएपछि विद्युत अवरुद्ध हुँदा सदरमुकाम दुनै अन्धकार भएको हो।

भारी वर्षाका कारण पहिरो खसेपछि आएका ठूलाठूला ढुंगाले विद्युतको १२ मिटर नहर पूरै भत्काएको छ। कुल २०० किलोवाट क्षमताको जैरिगार पावरहाउसबाट हाल जम्मा ४० किलोवाट विद्युत मात्र उत्पादन हुने गरको छ।

निरन्तर परेको वर्षाका कारण पहिरो खसेपछि नहर भत्किँदा १३ सय सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका छन्।

पहिरोले नहर भत्काएपछि मर्मतका लागि भन्दै सोमबार नेपाली सेना र नेपाल प्रहरी पहिरो खसेको स्थानमा गएपनि मर्मत तत्काल हुन नसक्ने नेपाल विद्युत प्राधिकरण डोल्पा वितरण केन्द्रले जानकारी दिएको छ। 

एउटा मेसिनको मर्मत काम भइरहेको छ। मेसिन छिटो बनाउन सके लोडसेडिङको मारमा ग्राहक नपर्ने निमित्त प्रमुख कालीबहादुर मजतले जानकारी दिए।  

दैनिक २३ घण्टाको लोडसेडिँग खेप्दै आएको सदरमुकामबासीले अब एक सातासम्म अन्धकारमा बस्नुपर्ने भएको छ।

पूरानो प्रविधिको मेसिन भएका कारण दुबै मेसिन सञ्चालनमा आएपनि पूरै विद्युत उत्पादन नहुने प्राधिकरणको दावी छ। 

झिपिक झिपिक आउने र जाने विद्युत नगर भत्किएसँगै पूरै अन्धकार भएको छ। दैनिक कार्यालयको कामकाज प्रभावित भएको छ।मोबाइल चार्ज १०० रुपैयाँ तिरेर जेनेरेटरबाट गर्दै आएका छन् भने पत्रिका, एफएम र उद्योग पूर्णरुपमा बन्द भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.