तीन देश जोड्ने भन्सार औपचारिक रुपमा सञ्चालन

तीन देश जोड्ने भन्सार औपचारिक रुपमा सञ्चालन

भद्रपुर : भारतको बिहार तथा बंगाल राज्यसँग जोडिएको भद्रपुर छोटी भन्सारलाई स्तरोन्नती गरी मंगलबारबाट औपचारिक सञ्चालनमा ल्याइएको छ। 

साउन १ देखि स्तरोन्नती गरिएको भद्रपुर भन्सार कार्यालयको मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले  उद्घाटन गरे। अर्थमन्त्रीले उद्घाटन गरेसँगै भन्सार नाका औपचारिक रुपमा सञ्चालन भएको हो। 

अर्थमन्त्री खतिवडाले भन्सारमा देखिएका विभिन्न समस्या समाधान गर्न भरपुर प्रयास गरिने बताए। खतिवडाले बंगाल र बिहार जोड्ने एक मात्र नाका भद्रपुर भन्सार भएकाले यो भन्सारसँगै पूर्वी नेपालको विकासमा सरकारको सरोकार रहेको बताए। 

मेची पुलदेखि झापा चोकसम्मको बाटो बिबाद समाधान गर्न उनले जनप्रतिनिधि र स्थानीयबासीलाई आग्रह गरे। ‘जम्मा १३ सय मिटरको बाटोमा देखिएको समस्या समाधानका लागि जनप्रतिनिधि सक्रिय हुनुपर्छ र समाधान निकाल्नुपर्छ’, अर्थमन्त्री खतिवडाले भने, ‘त्यो भन्दाअघि मेची पुलबाट झापा चोकसम्म जोड्ने बाटोमा पर्ने पहिला सञ्चालनमा रहेको आफ्नै भवन (भन्सारको) कार्यालय भत्काउनुपर्छ।’

तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रीले मेची पुलको शिलान्यास गर्दा आफू योजना आयोगको उपाध्यक्ष रहेको उल्लेख गर्दै उनले पुल निर्माणमा आफ्नो पनि हात रहेको खतिवडाले बताए। 

पूर्वाधारबिनै भद्रपुर भन्सारलाई स्तरोन्नती गरेकोमा उद्योगपति र व्यापारीबाट गुनासो आएसँगै राजस्व सचिव शिशिर ढुङ्गानाले उद्घाटन कार्यक्रममा भद्रपुर भन्सार अब अत्याधुनिक प्रविधिसहित उत्कृष्ट सेवा दिने कुरामा प्रतिवद्ध रहेको बताए।

भद्रपुरस्थित मेची नदीमा पक्की पुल निर्माण भएसँगै मेची भन्सार कार्यालय काँकडभिट्टा मातहात रहेको भद्रपुर छोटी भन्सारलाई भन्सार विभाग काठमाडौँले छुट्टै भन्सारको दर्जा दिएको हो।

मासिक १ करोडको राजश्व उठाउँदै आएको भद्रपुर भन्सारलाई पूर्वाधार निर्माणको लागि १० बिघा जमिनको आवश्यकता रहेको भन्सार प्रमुख टेकबहादुर अर्यालले बताए। 

२०३९ सालदेखि साउन १ गतेसम्म भद्रपुर भन्सारको गतिविधि मेची भन्सारले नै हेर्दै आएको थियो। भद्रपुर नगरपालिका ५ मा रहेको उक्त कार्यालय हालसम्म १० कट्ठा क्षेत्रफलमा रहेको छ।

भन्सारमा हाल २ तले भवन र दुई गोदाम घर मात्र सञ्चालनमा छन्। भद्रपुर नगरपालिकासँगै भद्रपुर भन्सारको पनि स्थापना २००८ मा भएको हो। त्यो समयमा प्रमुख भन्सार भद्रपुर नै थियो। पूर्व पश्चिम राजमार्गको शुरुवात सँगै मुल भन्सार काकरभिट्टा सारिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.