पाकिस्तानविरुद्ध विमल घर्तीले गोल फर्काए, खेल १-१ को बराबरी
काठमाडौँ : पहिलो हाफमा गोल खाएपछि दबाबमा परेको नेपाललाई विमल घर्ती मगरलेर राहत दिएका छन् । साफ च्याम्पियन्सिप अन्तर्गत मंगलबार भइरहेको उद्घाट खेलको ८२ औँ मिनेटमा गोल गर्दै उनले खेललाई बराबरीमा ल्याएका हुन् ।
बंगलादेशको ढाकामा सुरु भएको साफ सुजुकी कपको उद्घाटन खेलको पहिलो हाफमा नेपाल १–० ले पछि परेको थियो । पाकिस्तानविरुद्धको खेलमा बल पोजेसन राम्रो बनाए पनि आफ्नै गल्तीमा नेपालले गोल खाएको थियो ।
३६ औं मिनेटमा हसन नविद बसिरको पेनाल्टी गोलमा नेपाल पछि परेको थियो । विराज महर्जनले महम्मद रिजाजलाई पेनाल्टी बक्समा फाउल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो । विराजले पहेँलो कार्ड पनि पाएका थिए ।
नेपालले पहिलो हाफमा केही अवसर पाएको थियो । १३ औं मिनेटमा विमल घर्तीमगरको क्रसमा नवयुग श्रेष्ठको हेड पोस्टको धेरै परबाट बाहिरियो । २५ औं मिनेटमा विराजको क्रस सोझै किपरको हातमा पुग्यो । त्यसैगरी ३० औं मिनेटमा नवयुगको फिलतो प्रहार क्रसबारको निक्कै माथिबाट बाहिरियो ।