राप्रपाको जनजाति विभाग र कर्णाली प्रदेश समितिले पूर्णता पायो
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आदिवासी तथा जनजाति विभाग र कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । आदिवासी तथा जनजाति विभागका प्रमुख र प्रदेश प्रमुखले सिफारिस गरेका नामलाई अनुमोदन गर्दै अध्यक्ष कमल थापाले विभाग र समितिलाई पूर्णता दिएका हुन्।
आदिवासी तथा जनजाति विभागका प्रमुख लालध्वज लामाको सिफारिस अनुसार विभागको सदस्य सचिवमा सन्तलाल मेचे (झापा), सदस्यमा द्रोणबहादुर गुरुङ (स्याङ्गजा), रिता माझी (रामेछाप), सरस्वती लामा ह्याल्मो (धादिङ्ग), शालिग्राम माझी (सिन्धुली), टुलबहादुर खाडा मगर (सुर्खेत), नयनबहादुर मोक्तान (सिरहा), अशोक सुब्बा (झापा), धुव्रबहादुर गुरुङ (कास्की), छुमरु सरदार थारु (मोरङ), मित्रबहादुर घर्ती (कैलाली), नुरज बज्राचार्य (काठमाण्डौं), अम्बर तामाङ (नुवाकोट) लाई मनोनयन गरेका छन्।
सँगै अध्यक्ष थापाले कर्णाली प्रदेशका अध्यक्ष धनबहादुर बुढाको सिफारिस अनुसार कर्णाली प्रदेश समितिलार्इ पूर्णता दिएका छन् । उपाध्यक्षमा सुर्खेतबाट सूर्यबहादुर खत्री, सचिवमा जनकसिंह ठकुरी, सदस्यमा भिमबहादुर खड्का र पद्मबहादुर मल्ल (मुगु), भवानी प्रसाद न्यौपाने (जुम्ला), छापे ऐडी (हुम्ला), नरेन्द्रजंग शाह (रुकुम पश्चिम), देवीप्रसाद शर्मा (जाजरकोट), दलबहादुर सुनार (जुम्ला), अगंत देवकोटा (जुम्ला), सल्यानका तीनजना रत्नलाल भण्डारी, बालाराम शर्मा, शिला बुढाथोकी मनाेनित भएका छन् । त्यसैगरी तेजबहादुर शाही (कालिकोट), कृष्णप्रसाद पाण्डे (कालीकोट), खड्गबहादुर चन्द (दैलेख), महालक्ष्मी शाही (दैलेख), अन्जु बस्याल (सुर्खेत), सन्तोषी शाही (सुर्खेत), अमृतराना मगर (सुर्खेत), भुवन सिंह रामजाली (सुर्खेत)लाई सदस्यमा मनाेनित भएका छन्।