'रोनाल्डो रिसाहा र स्वार्थी खेलाडी'

'रोनाल्डो रिसाहा र स्वार्थी खेलाडी'

बोस्निया  : रुस विश्वकपमा क्रोएसियालाई फाइनलमा पु¥याएका क्रोएसियाका प्रशिक्षक ज्लाट्को डालिचले पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई संसारकै रिसाहा र स्वार्थी खेलाडी भएको आरोप लगाएका छन् । डालिचले क्रोएसियाको स्थानीय सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने क्रममा रोनाल्डोप्रति आक्रोश पोखेका हुन् ।

‘रोनाल्डो अहंकारी खेलाडी हुन् । उनी कहिल्यै पनि मेरो टोलीमा रहन्नन्’, डालिचले भने । पाँचपटकका ब्यालोन डिओरको उपाधि विजेता रोनाल्डो बिहीबार सम्पन्न यूएईएफए उत्कृष्ट खेलाडी पुरस्कार समारोहमा उपस्थित भएनन् । रोनाल्डोलाई पछि पार्दै लुका मोड्रिचले उत्कृष्ट खेलाडीको उपाधि जितेका थिए ।

गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाउन रोनाल्डोसँगै मोड्रिचको पनि ठूलो योगदान थियो । मोड्रिचकै उत्कृष्ट प्रदर्शनमा क्रोएसिया विश्वकप फुटबलको फाइनल पुगेर फ्रान्ससँग पराजित भएको थियो । डालिचले रोनाल्डो आफ्नो लागि मात्र सोच्ने धूर्त खेलाडी भएको आरोपसमेत लगाए ।

‘रोनाल्डो सधैं आफ्नो लागि सोच्छन् । क्लबले हारे पनि मैले मात्र गोल गर्नुपर्छ भन्ने घमण्ड उनमा छ’, डालिचले भपे । क्रोएसियाले अर्को साता पोर्चुगलविरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । विश्वकपको फाइनलमा पराजित भएको क्रोएसियाको योजना आगामी युरोकप जित्नु रहेको डालिचले बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.