जापानमा शक्तिशाली आँधी

जापानमा शक्तिशाली आँधी

 तोक्यो : जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ । ‘जेबी’ नाम दिइएको उक्त आँधी प्रतिघण्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्ले जनाएका छन् । भीषण वर्षासहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको अधिकारीले जनाएका छन् ।

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । यद्यपि यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन । जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेको जापानी सरकारी टेलिभिजन एनएचकेले जनाएको छ ।

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ । जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने, ‘सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ ।

यसले पुर्‍याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपाय अपनाउनु पर्छ ।’ उनले मंगलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको जानकारी दिएका छन् । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुर्‍याएको देखिएको उनले जानकारी दिए । क्षति भएका ठाउँमा अहिले नै स्थलगत रूपमा जान सकिने अवस्था नरहेको पनि उनले स्पष्ट पारे ।

प्रधानमन्त्री आबेले मन्त्रिपरिषद्को आपत्कालीन बैठक बोलाएका छन् । यो बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ । मौसमविद्हरूले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्किन र सरकारी सूचना पालन गर्न आग्रह गरेका छन् । रासस/एएफपी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.