साफमा स्वर्ण ल्याउने युकेशको तयारी

साफमा स्वर्ण ल्याउने युकेशको तयारी

पोखरा : इन्डोनेसियाको जकार्तामा भएको एसियाली खेलकुदमा नेपालले प्याराग्लाइडिङको क्रस कन्ट्री टिम इभेन्टमा रजत पदक जितेपछि पदकविहीन हुनबाट जोगियो । प्याराग्लाइडिङको क्रस कन्ट्री टिम इभेन्टमा रजत पदक दिलाउन महत्वपूर्ण योगदान दिएका नेपाली टोलीका कान्छा खेलाडी १७ वर्षीय युकेश गुरुङले आगामी फागुनमा नेपालमै हुने दक्षिण एसियाली खेलकुद (साफ)मा स्वर्ण पदक ल्याउने गरी तयारी गर्ने बताएका छन् ।

इन्डोनेसियाको जकार्तामा भएको एसियाडमा २७ अंकले पछि परेर रजत पदकमा खुम्चिएको बताउँदै उनले साफ र विश्वकपमा सुधार गरेर स्वर्ण पदक ल्याउने गरी तयारी गर्ने युकेशले बताए । ‘क्रस कन्ट्री इभेन्ट टिमवर्क हो, सबैको उत्तिकै महत्वपूर्ण योगदानले मात्र पदक जित्न सकिन्छ’, युकेशले भने ।

कान्छा खेलाडी युकेशले साहसिक प्रदर्शन गर्दै सबैको ध्यान खिचेका थिए । युकेशका बुवा भूपाल प्यारापाइलट हुन् । उनकै प्रेरणा र हौसलाले यो उपलब्धि हासिल गर्न सकेको उनले सुनाए । पर्यटक दैनिक सराङकोटबाट प्याराग्लाइडिङ गरेर फेवाताल किनार खपौदीमा अवतरण गर्छन् । पर्यटक अवतरण गर्ने फेवाताल किनार खपौदीमा उनको होटल र रेस्टुरेन्ट छ । पारिवारिक र घरको माहोल नै प्याराग्लाइडिङमय भएकाले आफू यस खेलमा आकर्षित भएको युकेशले बताए ।

नौ वर्षको उमेरमा पर्यटकको पुरानो ग्लाइडर मागेर घर नजिकैको सानो डाँडाबाट उडान भर्न सिकेका युकेशले अभ्यास गर्र्दै जाँदा १२ वर्षको उमेरमा प्याराग्लाइडिङको कोर्स पढेर आकाशमा उड्न जानिसकेका थिए ।

पोखराको आकाश र इन्डोनेसियामा प्याराग्लाइडिङ गर्दा फरक अनुभव बटुलेको उनले सुनाए । पोखरामा उडान भर्दा हिमाल हेर्दै ताल र डाँडामाथि उडान भर्न पाइन्छ । तर, त्यहाँ बस्तीमाथि उडान भर्नु परेकाले नयाँ अनुभव भएको उनले बताए । प्याराग्लाइडिङ खेल महँगो भएको उनले सुनाए । ‘प्याराग्लाइडिङ खेल साहसिक मात्र नभएर महँगो खेल पनि हो । व्यक्तिगत र टिम इभेन्ट दुई प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै ग्लाइडर लगायतका सामग्री किन्नुपर्दा १५ लाखभन्दा बढी रकम खर्चनुपर्छ’, उनले बताए ।

युकेशले दक्षिण एसियाली खेलकुदमा रजत पदक जितेपछि थप हौसला बढेको उनले बताए । सरकारले एसियाडमा पहिलोपटक सहभागी खेलमा अफ्नो टिमलाई सहभागी गराएर खेल्ने अवसर दिएकै कारण रजत जित्न सफल भएको उनले बताए ।

प्याराग्लाइडिङको क्रस कन्ट्री टिम इभेन्टका क्याप्टेन विमल अधिकारी र प्रशिक्षक योगेश भट्टराईले प्याराग्लाइडिङ खेलबाट नेपालले एसियाड, विश्वकप र साफमा स्वर्ण पदक ल्याउन सक्ने सामथ्र्य रहेको बताए । पर्यटकलाई पोखराको आकाशमा व्यावसायिक रूपमा उडाएर सुरु भएको साहसिक प्याराग्लाइडिङ खेललाई देशको सान बढाउने खेलको रूपमा पनि विकास गर्ने गरी सरकारले काम गर्नुपर्ने प्रशिक्षक भट्टराईले बताए ।

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले प्याराग्लाइडिङ पर्यटन प्रवद्र्धनका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा नेपाल चिनाउने खेल पनि भएकाले सरकारले ध्यान दिने बताए । नेपालमा पहिलोपटक सन् १९९९ मा पोखराका पर्यटन व्यवसायी वीरु बम्जन र बेलायती नागरिक एडम हिलले प्याराग्लाइडिङ खेल भित्याएका हुन् । सन् २००७ सम्म वीरु बम्जनको सनराइज प्याराग्लाइडिङसहित चार कम्पनी सञ्चालनमा थिए । सन् २०१० देखि साहसिक खेलका रूपमा प्याराग्लाइडिङ खेल व्यावसायिक रूपमा अगाडि बढेको नेपाल हवाई खेलकुद संस्थाका महासचिव वसन्तराज दवाडीले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.