सडक विस्तारमा ढिलासुस्ती नगर्न निर्देशन

सडक विस्तारमा ढिलासुस्ती नगर्न निर्देशन

काठमाडौं : राजधानीका सडका खाल्टाखुल्टीका कारण निकै समस्या भएको गुनासो जनताबाट आइरहेका बेला काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सडक अनुगमनमा निस्किएका छन् ।

सडक चौडा गर्ने, मेलम्चीको पाइपलाइन खन्ने लगायतका कारण राजधानीको सडकको अवस्था दूरावस्थामा पुगेको र राजधानीवासीको पनि दिनहुँ गुनासो आउने गरेको कुरालाई ध्यानमा राख्दै मेयर शाक्य सडक अनुगमनमा निस्किएका हुन् ।  वर्षा पनि विस्तारै कम हुँदै गएपछि राजधानीका सडक निर्माणलाई तीव्रता दिन मेयर शाक्य लागि परेका हुन् । 

बुधवार काठमाडौँको भोटेबहाल सडक निर्माणको अनुगमनमामा सोही क्षेत्र र आसपासका वडाध्यक्ष, उपभोक्ता समिति र क्लवका प्रतिनिधिसहित पुगेका थिए ।   वडा नम्बर १२ का विकास ढंगोल, ११ का हिरालाल तन्डुकार २१ का उदय चुडामणि बर्जाचार्य, २२ का चिनिकाजी महर्जन, २३ का मच्छेराजा महर्जन र ३१ का भाइराम खड्कीसँगै मेयर शाक्य भोटेवहाल पुगेर सडक निर्माणको कामलाई चुस्तरुपमा अघि बढाउन निर्देशन दिए । उनले विकास निर्माणको काम वित्र गतिमा अघि बढ्ने भन्दै काममा ढिलासुस्ती नगर्न पनि निर्देशन दिएका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.