मटर समेत तस्करी

मटर समेत तस्करी

राजविराज : सप्तरीबाट सुपारी, स्याउ र गाजा तस्करी हुँदै आएकोमा पछिल्लो पटक खाने मटर दानासमेत सप्तरी हुँदै भारततर्फ तस्करी भइरहेको खुलेको छ ।

दुई दिनको अवधिमा प्रहरीले भन्सार छली नेपालबाट भारततर्फ लैजान लागिएको ४१ क्विन्टल २५ किलो मटर बरामद गरेसँगै यस्तो तथ्य खुलेको हो । तस्करीमा प्रहरीकै संलग्नताका कारण यसअघि मटर बरामद हुन नसकेको सप्तरी प्रहरीले जनाएको छ । सिमास्थित चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षकसहितका प्रहरीहरूलाई सो स्थानबाट स्थानान्तरण गरी प्रहरीको नयाँ टोलीलाई पठाए पछि तस्करी हुने गरेको मटर बरामद भएको एसपी राजेन्द्र विष्टले बताए ।

नाकाबाट ठूलो परिमाणमा तस्करी भइरहेको गोप्य सूचना पाएपछि एसपी विष्टले त्यहाँ कार्यरत प्रहरी इन्चार्जलाई कडाई गर्न निर्देशन दिएका थिए । तै पनि तस्करीका समानहरू बरामद नभएपछि उनले प्रहरी टोली नै परिवर्तन गरे ।

प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका १४ रामपुरा मल्हनिया चौकस्थित प्रभु नायकको घरमा लुकाई छिपाई राखिएको २१ क्विन्टल २५ के.जी. मटर बरामद गरेको छ । भन्सार छली नेपालबाट भारततर्फ लैजाने उदेश्यले राखिएको ६४ हजार मूल्य बराबरको खाने मटर बरामद भएको एसपी राजेन्द्र विष्टले बताए ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका ५ बाट प्रहरीले टेम्पोमा भारततर्फ लैजाँदै गरिएको ४० बोरा मटर बरामद गरेको छ । भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरेको स. १ ह २५९० नम्बरको सिटी सफारीबाट २० वटा बोरामा पाँच क्विन्टल र स.१ ह १८४८ नम्बरको टेम्पोबाट २० वटा बोरामा पाँच क्विन्टल गरी १० क्विन्टल मटर बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय हनुमाननगरबाट सई बलबहादुर खत्रीको नेतृत्वमा खटिएको गस्ति टोलीले नेपालबाट भन्सार छली अवैध रुपमा भारततर्फ लैजाँदै गरेको खाने मटर बरामद गरेको जनाइएको छ । बरामद गरिएको मटरलाई आवश्यक कारबाहीका लागि राजबिराज भन्सार कार्यालय तिलाठीमा बुझाईएको छ ।

राजविराजबाट दशगजा क्षेत्रमा भण्डारण गरी तस्करीका समान टेम्पो, रिक्सा, साइकल, मोटरसाइकलमा राखेर कुनौली नाका कटाइने गरिन्छ । सिमा क्षेत्रको तिलाठी, कुनौलीमा भण्डारण गरिने अवैध समानहरू प्रायः रातको समयमा तस्करी गर्ने गरिएको पाइएको छ ।

स्थानीयवासीका अनुसार तस्करहरूले कुनौली नाकामा प्रहरीसित सेटिङ मिलाएका हुन्छन् । नाका कटाएबापत तस्करका भरियाहरूले प्रति कार्टुन वा प्रति बोरा ३० रुपैयाँका दरले रकम पाउँछन् । अवैध समानहरू भारततिर लगिँदा पनि सिमामा खटिएका प्रहरीले नदेखेझै गर्ने र अवैध समानहरू बरामद भएपनि आरोपितहरू पक्राउ पर्ने गरेका छैनन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.