पाँच वर्ष बित्यो, भेटिएनन् ओमप्रकाशका हत्यारा, बाबु न्याय खोज्दै भौतारिँदै

पाँच वर्ष बित्यो, भेटिएनन् ओमप्रकाशका हत्यारा, बाबु न्याय खोज्दै भौतारिँदै

धनगढी : धनगढीका ओमप्रकाश पन्त हत्या घटनाको पुनः छानविन गर्न मृतकका आफन्तले माग गरेका छन् । हत्या भएको ५ बर्ष वितिसक्दा पनि प्रहरीले कुनै कुरा वाहिर नल्याएको भन्दै मृतक ओमप्रकाशका बुबा श्रीकृष्ण पन्तले पत्रकार सम्मेलन गरी यस्तो माग गरेका हुन् ।

‘हत्या भएको ५ बर्ष बितिसक्यो’, श्रीकृष्ण पन्तले पत्रकार सम्मेलनमा भने, ‘तर प्रहरीले घट्नालाई गुपचुपमा राख्यो ।’ उनले घट्नाको यर्थात कुरा मात्र वाहिर ल्याएमा आफुलाई न्याय हुने बताए । २०६९ मंसिर २५ गते राति धनगढी–उत्तरबेहडीमा घाँटी रेटेर पन्तको हत्या भएको थियो । 

प्रहरीले घटनाको फितलो अनुसन्धान गरेका कारण दोषीलाई पत्ता लगाउन नसकेको उनको दुखेसो छ । उनले दोषी पक्राउ नपर्दा आफूहरुको ज्यान जोखिममा परेपछि उत्तरबेहडीको घरबार बिक्री गरेर अन्यत्र बसाई सर्न बाध्य भएको बताए । 

प्रहरीले घटनालगत्तै र पछि समेत अनुसन्धान गरे पनि मृतकलाई नै दोषी बनाउने गरी अनुसन्धान भएको पीडित परिवारको गुनासो छ । घाँटीमा रोपिएको फलामे डण्डी, घटनास्थलमा भेटिएको हाते पञ्जा र त्यहाँ छोडिएका जुत्ता, चप्पलको सुक्ष्म अध्ययन नगरी प्रहरीले अनुसन्धानको फरक मुचुल्का बनाएको पीडित परिवारको आरोप छ । 

‘त्यो बेला घटना स्थलमा भएका बस्तुहरुको सुक्ष्म अध्ययन गरेको भए प्रहरी दोषीसम्म सजिलै पुग्न सक्थ्यौं’, कैलाली बहुमुखी क्याम्पसका सहप्राध्यापक समेत रहेका श्रीकृष्णले भने, ‘तर, सबुत, प्रमाण नष्ट भइसकेको बेला हत्या नभई ओमप्रकाशले आत्महत्या गरेको भन्ने संकेततर्फ प्रहरी अनुसन्धान केन्द्रित भएको देखायो ।’

उनले प्रहरीको प्रारम्भिक अनुसन्धान ठोस रुपमा नहुँदा दोषी छेउछाउमै घुमफिर गरिरहेको पत्रकार सम्मेलनमा उल्लेख गरे । पोष्टमार्टम रिपोर्टमा समेत मृतकको घाँटीमा धारिलो हतियार प्रयोग गरिएको उल्लेख भए पनि प्रहरीले झारो टार्ने गरी अनुसन्धान गरेर घटनालाई सामसुम पार्न खोजेको पीडित परिवारको आरोप छ । 

सुदूरपश्चिममा आउने सबै प्रहरी प्रमुखहरुलाई घटनाको सुक्ष्म अध्ययनका लागि आग्रह गर्दा आश्वसन मात्रै पाएको तर अनुसन्धान नभएको पीडित परिवारको गुनासो छ । उनीहरुले वैज्ञानिक र सुक्ष्म तरिकाले घटनाको अनुसन्धान गर्न माग गरेका छन् । मृतक पन्तका बुबाले प्रधानमन्त्री, मन्त्री लगायत सबै ठाउँमा घट्नाको छानविनका लागि ज्ञापन पत्रसमेत बुझाएका थिए ।

घटना हुनु भन्दा अगाडि छिमेकीसँग जग्गाको सीमानामा तारबार लगाइएको विषयमा विवाद भएकाले सोही रिसइबी हत्याको कारण हुन सक्ने उनेका आसंका छ  । ‘छिमेकीले हाम्रो जग्गा मिचेर तारबार लगाएपछि छोरा ओमप्रकाशले त्यो फालेको थियो । त्यही घटनालाई लिएर २०÷२५ को समूहमा आएकाहरुले मेरो घरपरिवारलाई समेत श्रीमतीलाई कुटपिट गरेको आरोप लगाउँदै आएका छन् ।

हत्या गर्ने व्यक्तिलाई सबै छिमेकीले चिनेको तर, डरले कसैले पनि भन्न नसकेको पन्तले दावी छ । उनले शकांस्पद व्यक्तिलाई आफूले चिनाउँदा समेत प्रहरीले पक्राउ गर्नमा आनाकानी गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.