एसियाड विजेतालाई प्रदेश सरकारले दियो एकएक लाख

एसियाड विजेतालाई प्रदेश सरकारले दियो एकएक लाख

पोखरा : इन्डोनेसियाको जाकार्तामा एसियाली खेलकुदमा नेपाललाई रजत पदक जिताउन सफला प्याराग्लाइडिङ खेलाडीलाई गण्डकी प्रदेश सरकारले जनही एकएक लाख रुपैयाँले सम्मान गर्ने भएको छ। 

प्रदेश  मन्त्रिपरिषदको बुधबारको बैठकले खेलाडी विमल अधिकारी, सुशील गुरुङ, विशाल थापा, युकेश गुरुङ र विजय गौतमलाई एकएक लाख र प्रशिक्षक योगेश भट्टराई, सहायक प्रशिक्षक सानुबाबु सुनुवार र व्यवस्थापक शैलेश राउतलाई जनही २५ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो। 

आफ्नो प्रदेशका खेलाडीले देशको प्रतिष्ठा बढाएको भन्दै गण्डकी सरकारले उनीहरुलाई सम्मानको निर्णय गरेको भौतिक पूर्वाधार विकास मन्त्री तथा सकारका प्रवक्ता रामशरण बस्नेतले बताए। 

 
एसियाडमा प्याराग्लाइडिङबाट नेपालले रजत पदक जितेको थियो। एसियाडको इतिहासमा मुलुकले १८ वर्षपछि रजत पदक जित्न सकेको हो। यसअघि खेलाडीहरुलाई पोखरामा मंगलबार नगर परिक्रमा गराइएको थियो। 

प्रदेश मन्त्रिपरिषदले सरकारको विज्ञको मापदण्ड तय गरेको छ। स्नातकोत्तर उत्तीर्ण, १० वर्षको अनुभव, उच्च नैतिक चरित्र, सरकारी निकायमा बेरुजु नभएको, विदेशको डीभी र पीआर नभएको लगायत मापदण्ड तय गरिएको मन्त्री बस्नेतले सुनाए। 

बैठकले हेलो मुख्यमन्त्री कार्यक्रमलाई प्रभावकारी बनाउन निर्देशिका पनि निर्माण गरेको छ। उपसचिव नेतृत्वको टिमले उक्त कार्यक्रम प्रभावकारी बनाउने मन्त्री बस्नेतले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.