स्कुल अगाडी भँसीपालन

स्कुल अगाडी भँसीपालन

 प्यूठान : विद्यालय अगाडी भैँसीपालन व्यवसाय संचालन गर्दा दैनिक पठनपाठनमा असर परेको छ । प्यूठान नगरपालिका–७ विजुवार पूण्यखोलास्थित क्षेत्रविकास माध्यमिक विद्यालय नजिकै जिल्ला बाहिरका व्यवसायीले भैँसी पालेका हुन् । गाउँगाउँबाट भैँसी खरिद गरिद गरेर उनीहरुले दाङको तुलसीपुर पुर्‍याउने गर्छन् ।

विद्यालयमा अध्ययनरत विद्यार्थीले भैँसीको मलमुत्रको गन्धले कक्षाकोठामा बस्न समस्या भएको गुनासो गरेका छन् । यसबाट विद्यालयमा अध्ययनरत तीन सय ८३ जना विद्यार्थी प्रभावित भएका छन् । ‘भैँसीको मलमुत्र गन्हाएर बस्नै गाह्रो भएको छ’, बाली विज्ञान शंकायमा अध्ययनरत खलंगा सारीवाङकी हेमा केसीले भनिन्, ‘विद्यालयको यति नजिक भैँसी पाल्न नहुने हो ।’ विद्यालयले यसलाई हटाउन पहल गर्नु पर्ने विद्यार्थी एवं अभिभावकको भनाइ छ ।

रङ रोगनले विद्यालय चिटिक्क देखिए पनि नजिकै पालिएका भैँसी र फोहोरले त्यसलाई ‘गिज्जाइरहे’जस्तो लाग्छ । विद्यालय नजिकै पूर्ण सरसफाई हुनुपर्ने शिक्षा विकास समवन्य इकाइ प्यूठानका प्रमुख शिवराज पण्डितले बताए । ‘यति नजिकै भैँसी पाल्नु राम्रो होइन’, उनले भने, ‘विद्यालयले ख्याल गर्नुपर्छ ।’ भैँसीलाई अन्यत्र सार्न पहल गर्नेसमेत उनले बताए । विद्यालयदेखि करिव दश मिटरको दुरीमा भैँसीहरु बाँधिएका छन् ।

दाङका व्यवसायीले करिव ६ महिनादेखि बाँझो बारीमा भैँसी राखेका हुन् । हाल दुहुना पाँच वटा र थारा १६ वटा भैँसी रहेको व्यवसायी गढवा गाउँपालिका–५ देउखुरी दाङका समिरखानले जानकारी गराए । ‘महिनामा दुई हजार पाँच सय रुपैयाँ जग्गाको भाडा दिन्छौँ’, उनले भने, ‘वडा नंं ७ का अध्यक्षको जग्गा हो ।’ व्यावसायीले दुहुनो भैँसीलाई न्यूनतम ५० देखि ७० हजार र थारोलाई २० देखि ३० हजार रुपैयाँमा विक्री गर्दै आएको जानकारी दिए ।

पटक पटक भैँसी हटाइदिन आग्रह गरे पनि सम्वन्धित पक्षले वेवास्ता गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उमाराम पौडेलले बताए । ‘भदौ २० गते अघि हटाइदिन्छु भनेका थिए’, उनले भने, ‘तर अझसम्म सारेका छैनन् ।’

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.