फेसनेबल देखिन के गर्ने ?
काठमाडौं : फेसनेबल देखिने रहर सबैलाई हुन्छ। तर, फेसनेबल देखिन चलिरहेको फेसन ट्रेन्डलाई पछ्याउनुपर्छ। फेसन ट्रेन्ड समयअनुसार बदलिरहेको हुन्छ। नयाँ फेसन ट्रेन्ड पछ्याउँदा कलर कम्बिनेसन मिलाउन सकिएन, एक्ससरिजअनुसार आउटफिट छनोट गर्न सकिएन भने चाहेर पनि स्टाइलिस देखिन सकिँदैन। फेसनेबल देखिन यी कुरामा ध्यान दिनुपर्छः
-प्रिन्टेड टप र प्रिन्टेड लेगिङ्स लगाउन चाहुहुन्छ भने सादा रङका एक्सेसरिज लगाउनुपर्छ।
-एनिमल प्रिन्टको कुनै पनि ड्रेस लगाउँदै हुनुहुन्छ भने सनग्लास, ब्याग, फुटवेयर, हेयर एक्सेसरिज या बेल्टमध्ये कुनै एउटा मात्र एनिमल प्रिन्ट लगाउनुपर्छ।
-एक पटकमा एउटा मात्रै हेयर एक्सेसरिज प्रयोग गर्ने। हेयरब्यान्ड, हेयरपिन्स, हेयरक्लिप एकसाथ सबै लगाउनु हुन्न। क्याजुअल र ट्रेडिसनल ड्रेसअनुसार एक्सेसरिज छनोट गर्नुपर्छ।
-सादा ड्रेसमा एनिमल प्रिन्टको एक्सेसरिजको सट्टा फ्लोरल प्रिन्टको एक्सेसरिज प्रयोग गर्दा राम्रो देखिन्छ। यसो गर्दा उमेर कम देखिनुका साथै फ्रेस लुक पाउन सकिन्छ।
-इभिनिङ पार्टीमा ड्रेससँग हिराको गहना आकर्षक देखिन्छन्। लिप र आई मेकअप हाइलाइट गर्दा अझै सुन्दर देखिन सकिन्छ।
-सादा फेब्रिकसँग म्याचिङ एक्सेसरिज प्रयोग गर्दा नसुहाउने भएकाले एनिमल प्रिन्टेड ब्याग वा जुत्ता-चप्पल प्रयोग गर्दा राम्रो देखिन्छ।
-ककटेल पार्टीमा जाँदा रातो वानपिस ड्रेसमा ग्ल्यामरस देखिन सकिन्छ।
-सादा इभिनिङ ड्रेस या सर्ट ड्रेससँग एउटै रङको बेल्ट लगाउने र बेल्टको क्लचमा गोल्ड या डाइमन्ड लकेट लगाउँदा राम्रो देखिन्छ।
-फंकी मल्टिकलर चुरा र फूलको सेप भएको हेयर क्लिप कुर्ता-सुरुवालमा सुहाउँछ।
-पूरै प्लेन पोल्का डट ड्रेससँग सादा रङका एक्सेसरिजले स्मार्ट लुक दिन्छ। र्फेक्ट मानिन्छ।
-बो टप एवं पोलो नेक टप दुवै फेसनमा रहेकाले यस्ता टप जिन्स प्यान्टसँग लगाउन सकिन्छ।
-सर्ट ड्रेस कम्फर्टको हिसाबले सही मानिन्छ। एक्सएल साइजको सर्ट लगाउने हो भने बडी सेपको लागि कुनै पनि किसिमको बेल्ट प्रयोग गर्दा राम्रो देखिन्छ।
-सानो ह्यान्डल भएको ठूलो टोट ब्याग कहिले पनि आउट अफ फेसन हुँदैन। टोट ब्यागको बेसिक कलर भनेको कालो र सेतो हो। एनिमल प्रिन्टेड टोट ब्याग क्याजुअल र ककटेल आउटफिटसँग सुहाउँछ।
-रंगिन कुर्तासँग सादा रङको लेगिङ्स र चम्किलो रङको एक्सेसरिज प्रयोग गर्नुपर्छ।
-सुन्तला रङको घडी, ब्याग एवं जुत्ता-चप्पल प्रयोग गरी ट्रेन्डी लुक पाउन सकिन्छ।
-आजभोलि धेरैले जिन्सको साटो रंगिन ट्राउजर लगाउन रुचाउँछन्। तर, यो सबैलाई सुट गर्दैन। त्यसको साटो रंगिन जिन्स लगाउन सकिन्छ।
-मोती, स्टोन एवं मेटल तीन वटाको नेकलेस एकै पटक प्रयोग गर्नु हुँदैन। ठूलो नेकपिस प्रयोग गर्ने हो भने कान र हातमा अरू केही नलगाउने। नेकपिससँग घडी मात्र लगाउँदा राम्रो देखिन्छ।
-प्रिन्टेड ट्युनिक टपसँग डेनिम जिन्स लगाएर कुल लुक पाउन सकिन्छ। तर, यसको लम्बाइ घुँडादेखि केही माथि हुुन्छ भने डेनिम जिन्सको साटो लेगिङ्स लगाउँदा सुहाउँछ।
-क्याजुअल आउटफिटमा स्मार्ट देखिन चम्किलो रङको हुन्डी ज्याकेटसँग प्रिन्टेड हलुका रङको जम्प या प्लेसुट प्रयोग गर्नुपर्छ।
-लामो टिसर्ट राम्रो देखिने भएकाले यसलाई सर्ट स्कर्ट, प्यान्ट वा लेगिङ्ससँग लगाउँदा ठीक हुन्छ।
-चुडीदार कुर्ता-सुरुवालसँग कहिले पनि स्पोट्र्स वाच लगाउनु हुँदैन। ठूलो डायलको घडी या पातलो स्ट्रिप भएको घडी नै ट्रेडिसनल ड्रेससँग सुहाउँछ।
जयन सुब्बा मानन्धर /सम्पूर्ण