एनआईईसीले टोफेल आयल्स स्कोर बुस्टर फेयर गर्दै
काठमाडौं : नेपाल इन्टरनेसनल एजुकेसनल कन्सल्टेन्सी (एनआईईसी)को आयोजनामा भदौ २३ गते टोफेल, आयल्स स्कोर बुस्टर फेयर हुने भएको छ। उच्च शिक्षा अध्ययनका लागि विभिन्न देशमा जाने इन्छुक विद्यार्थीका लागि आयल्स, टोफेल र स्याटवानको बारेमा जानकारी गराउन स्कोर र बुस्टर फेयर हुने एनआईईसीले जानकारी गराएको छ।
एनआईईसीका सिइओ सञ्जय स्मार्टले विद्यार्थीका लागि एक दिने स्कोर बुस्टर फेयर गर्न लागिएको बताए। उनले भने, 'विद्यार्थी उच्च शिक्षाका लागि विभिन्न देशमा जानुभन्दा अगाडि आयल्स, टोफेल र स्याटवानमा कसरी धेरै अंक ल्याउने भन्ने विषयको जानकारी हुनु जरुरी छ, त्यसका लागि हामीले विभिन्न टेक्नीकहरु सिकाउँदै आएका छौ।'
'विद्यार्थीले स्कोर बढाउनका लागि भुक्याबुलरी (शब्दभण्डार)आइडिया नै मुख्य कुरा हो त्यसका लागि हामीले रमाइलोसँग बुझ्ने भाषामा स्कोर बुस्टर फेयर विद्यार्थीलाई सिकाउँछौ', उनले भने।
आयल्टस, टोफेलको बारेमा पढ्ने, सुन्ने, लेख्ने बोल्ने स्वाटवानमा तर्क र व्याकरणलगायतको विषयमा विद्याथीलाई सहज र सरल ढंगले बुझाउन स्कोर बुस्टर फेयर आयोजना गर्न लागिएको सिइओ सञ्जयले बताए।
विद्यार्थीको मनोविज्ञानलाई बुझेर विदेशमा अध्ययन गर्न जानका लागि परामर्श दिने बताउँदै उनले फेयरमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीको लागि एनआईईसीमा अध्ययन गर्ने चाहेको अवस्थामा छुट पनि दिइने बताए।