पोखरामा मुख्यमन्त्रीकाे भेला, ‘संघीय सरकारविरुद्ध मोर्चाबन्दी होइन’

पोखरामा मुख्यमन्त्रीकाे भेला, ‘संघीय सरकारविरुद्ध मोर्चाबन्दी होइन’

पोखरा : सात प्रदेशका मुख्यमन्त्रीको भेला गण्डकी प्रदेशको राजधानी पोखरामा सुरु भएको छ। स्वास्थ्यका कारण कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही सहभागी हुन नसकेको भेलामा बाँकी ६ मुख्यमन्त्री सहभागी छन्। 

प्रधानमन्त्री अध्यक्ष रहने अन्तर प्रदेश परिषदको बैठक २४ भदौमा बस्ने लागेको पूर्वसन्ध्यामा मुख्यमन्त्री पोखरामा भेला भएका हुन्। भेलाले परिषदको बैठकमा उठाउने एजेन्डा तय गर्दैछ। 

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, १ नम्बर प्रदेशका शेरधन राई, २ नम्बरका मोहम्मद लालबाबु राउत गद्दी, ३ नम्बरका डोरमणि पौडेल, ५ नम्बरका शंकर पोखरेल र ७ नम्बरका त्रिलोचन भट्टले आपसमा हात समाती ऐक्यबद्धता जनाउँदै भेलाको उद्घाटन गरेका छन्। 

उनीहरुले अहिलेसम्म प्रदेश सरकारले भोग्नुपरेको समस्या, संघ सरकारसँगका अपेक्षा लगायत विषयमा छलफल गरी परिषद बैठकमा उठाउने विषय तय गर्ने छन्। परिषद्मा सबै मुख्यमन्त्री पनि सदस्य हुन्छन्। 

भेला उद्घाटन कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग चाँडोभन्दा चाँडो गठन, कर्मचारी समायोजन, संरचना हस्तान्तरण लगायत विषय परिषद् बैठकमा उठाउने बताए। संघीय सरकारविरुद्ध मोर्चाबन्दी नभई संवैधानिक फोरमका रुपमा मुख्यमन्त्रीको भेला भएको गुरुङले प्रष्ट्याए। 
  
अरु मुख्यमन्त्रीले पनि कर्मचारी नहुँदा बजेट कार्यान्वयन हुन नसकेकोसहितका विचार व्यक्त गरेका छन्। ५ नम्बर प्रदेशका मुख्यमन्त्री पोखरेलले भने विस्तारै सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.