सत्यमानपछि गुन्डागर्दीमा संल्गन 'बाघे' पनि प्रहरीको फन्दामा
काठमाडौँ: चाडपर्व नजिकिएसँगै प्रहरीले गुण्डागर्दीमा संलग्न युवाहरुमाथि एकपछि अर्को धरपकड गर्न थालेको छ। मंगलबार मात्रै गुण्डागर्दीमा संलग्न सत्यमान लामालाई पक्राउ गरेको प्रहरीले बिहीबार गुण्डा नाइके 'बाघे' लाई पनि पक्राउ गरेको हो ।
उपत्यकामा आपराधिक घटनाविरुद्ध अभियान नै चलाएको महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुन्डागर्दीमा संलग्न रहँदै आएका 'बाघे' लाई बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।
तामाङमाथि प्रहरीले राजधानीका बालाजु र स्वयम्भूनाथ क्षेत्रमा गुन्डागर्दी गर्दै आएको अभियोग लगाएको छ । उनलाई यी दुई क्षेत्रका व्यापारी र उद्योगीहरुलाई धम्की दिँदै रकम असुलेको अभियोगमा पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त लामाले जानकारी दिए ।
तामाङ कुनै बेला हाल जेलमा रहेका मनाङबाट प्रदेश सभामा निर्वाचित दीपक मनाङ्गेसँगै काम गर्थे । तर पछि उनी आफैँ गुन्डागर्दीमा संलग्न रहेर पैसा असुल्दै आएका थिए ।